File Photo
नेपालगन्ज २१ फागुन : सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा साविकको विजेता नेपाल पुलिस क्लब र होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुदैँछ ।
नेपालगन्जस्थित रंगशालाको कर्भड हलमा एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन पछि उनीहरुबचि प्रतिस्प्रधा हुदैँछ ।
साविक विजेता पुलिस न्यू डायमण्डलाई हराउदै उपाधि रक्षा अभियानमा उभिनेछ । पुलिसले गत संस्करणमा घरेलु भलिबलको चर्चित टोली नेपाल एपिएफ क्लबलाई हराउदै उपाधि जितेको थियो ।
यसअघि फागुन १ गते पोखरामा सम्पन्न टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको विजेता समेत रहेको पुलिस उक्त प्रतियोगितामा डायमण्डसँग भोगेको हारको बदला लिने दाउमा हुनेछ ।
उद्घाटन खेलमा पुलिसतर्फ कप्तान कोपिला उप्रेती, कमला पुन, उषा भण्डारी, कामना विष्ट, मनिषा चौधरी, कोपिला राना, पुनम चन्द र शान्तिकला तामाङको साथ रहेनछ ।
यता, सधैं कडा प्रतिस्प्रर्धा गर्दै आएको न्यू डायमण्ड पनि पुलिसलाई हराउँदै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा अघि बढेकोछ । पोखरामा सम्पन्न टाइगर कपमा लिगर चरणमा पुलिसलाई हराएको डायमण्ड सोही जितलाई निरन्तरता दिने दाउमा रहेकोछ ।
न्यू डायमण्डसँग प्रतिभा माली, राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, कप्तान ललितानाथ, बालमिका आचार्य, पनामिका राई, झरना श्रेष्ठ, रिया कुँवर, रिमा कुँवर, सलिना श्रेष्ठ, प्रगतिनाथ र प्रतिक्षा गुरुङको साथ रहेको छ । यसपटकको न्यू डायमण्डले उतारेको खेलाडीप्रति आम दर्शकमा उपाधी हात पार्ने आशामा रहेकाछन् ।
आयोजकका अनुसार आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र स्थानीय लुम्बिनी युनाइटेडबीच खेल हुनेछ । लुम्बिनी युनाइटेडको टिम पहिलोपटक शीर्ष खेलाडीसंग प्रतिस्प्रधा गर्दैछ ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब र स्थानीय टोली लुम्बिनी युनाइटेडको सहभागिता रहेको छ ।
विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछन भने दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएकोछ ।
बाँकेले पहिलोपटक प्रधानमन्त्री पाएका बेला २०७० सालमा तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाका पालादेखि प्रधानमन्त्री भलिबल कपको शुरुवात गरिएको हो ।
हालसम्म प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रो नेपाल एपीएफ, तेस्रो र चौथोमा भारतको रेलवे इन्डिया, पाँचौमा एपीएफ, छैठौमा पुलिस च्याम्पियन बनेको थियो । पाँचौं संस्करणमा बंगलादेशी क्लबको सहभागिता थियो ।
आयोजक बाँके जिल्ला भलिबल संघका अनुसार यसवर्ष विदेशी भलिबल टिमको सहभागिता हुन सकेको छैन । भारत र बङ्गलादेशका भलिबल टिमलाई बोलाइए पनि छैंठो र सातौंमा उनीहरुको सहभागिता हुन सकेकोछैन । कोरोना भाइरस संक्रमणको जोखिम यथावत रहेकै बेला गतवर्षदेखि उनीहरुको सहभागिता हुन नसकेको आयोजकले जनाएकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’