उपाधि जित्न एपिएफ र पुलिस भिड्दै


उपाधि जित्न एपिएफ र पुलिस भिड्दै

नेपालगन्ज २५ फागुन : सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आज सकिदैँछ । उपाधिका लागि आज दुई विभागीय टोली भिड्दैछन् । बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्ज रङ्गशालाको कर्भड हलमा भइरहेको प्रतियोगितामा नेपाल एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्प्रर्धा हुनेछ ।

यसअघि सोमबार भएको खेलमा सफलता हात पारेपछि यि दुई टोलीबीच उपाधि भिडन्त तय भएको हो । जारी प्रतियोगितामा पुलिस र एपिएफ अपराजित छ । पुलिस र एपिएफबीचको खेल दिउँसो २ बजेपछि हुनेछ ।

यस खेलमा सोझो सेटमा जित हात पार्ने टोली च्याम्पियन बन्नेछ । एपिएफले ३–२ को सेटमा जित निकालेमा अंकको आधारमा च्याम्पियन बन्नेछ । पुलिसले ३–२ को सेटमा जित निकालेको अवस्थामा अंक १० बराबरी हुनेछ । जितको आधारमा पुलिस च्याम्पियन बन्नेछ । अपराजित रहेको एपएिफको ९ तथा साविक विजेता समेत रहेको पुलिसको ८ अंक छ । पुलिसले डायमण्डसँग १ अंक गुमाएको थियो ।

पछिल्लो दुई उपाधि पुलिसले जित्दा दुवैमा एपिएफलाई पराजित गरेको थियो । गतवर्ष प्रधानमन्त्री कपकै फाइनलमा हराएको पुलिसले कोभिडपछि यसै महिना पोखरामा आयोजना भएको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल पनि जितेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

उपाधिका लागि हुने प्रतिस्प्रर्धा अघि दिउँसो १ बजे होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबले आफ्नो अन्तिम खेलमा स्थानीय टोली लुम्बिनी युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा ३ खेलबाट ४ अंक जोडेको डायमण्ड तेस्रो भइसकेको छ । आर्मी चौथो तथा अंकविहीन लुम्बिनी पुछारमा छ ।

सोमबार लिगको तेस्रो खेलमा एपिएफले पहिलो सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै न्यू डायमन्डमाथि ३–१ को सेटमा जित निकालेको थियो । अर्काे खेलमा पुलिसले पनि आर्मीसँग पहिलो सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि सम्भावना जीवितै राखेको थियो ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब र स्थानीय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेकोछ ।

सातौं संस्करणसम्म आइपुग्दा आयोजकले पुरस्कार राशीमासमेत बढोत्तरी गरेकोछ । लिगको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीले २ लाख, तेस्रोले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

बाँकेले पहिलोपटक प्रधानमन्त्री तत्कालिन शुसिल कोइरालाका पालादेखि प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आयोजना गरिदैँ आएकोहो ।