एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी

पुलिसकी युवा स्टार उषा उत्कृष्ट स्पाइकर घोषित हुदाँ डायमण्डकी प्रतिभा उत्कृष्ट सर्भर


एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी

नेपालगन्ज २५ फागुन : सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । नेपाल एपिएफ क्लबकी स्टार ओपन स्पाइकर सरस्वती चौधरी प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधी जिताउन प्रतियोगिताभर उत्कृष्ट प्रर्दशन गरेकी सरस्वतीले सर्वोत्कृष्ट खेलाडी चुनिदैँ जनही २५ हजार पुरस्कार प्राप्त गरिन् ।

लिग चरणको अन्तिम तथा उपाधिको लागि फाइनल सरह मानिएको पुलिसविरुद्धको खेलमा सरस्वतीले उत्कृष्ट प्रर्दशन गर्दै ‘प्लेयर अफ द म्याच’ समेत घोषित भइन् ।
यस्तै प्रतियोगितामा विधागततर्फ नेपाल पुलिसकी युवा स्टार उषा भण्डारी प्रतियोगिताकै उत्कृष्ट स्पाइकर घोषित भइन् । पुलिस अन्तिम खेलमा पराजित भएपनि उनको प्रर्दशन प्रतियोगिताभर उत्कृष्ट रहँदा दर्शकको समर्थन र साथ समेत उनले पाएकी थिइन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैगरि एपिएफकी हिरा केसी उत्कृष्ट ब्लकर चुनिइन् । पुलिसकी कमला पुन उत्कृष्ट सेटर घोषित भइन् । भने न्यू डायमण्डकी सलिना श्रेष्ट उत्कृष्ट लिब्रो र डायमण्डकै प्रतिभा माली उत्कृष्ट सर्भर घोषित भइन् । प्रतिभाको प्रर्दशन प्रतियोगिताभर उत्कृष्ट रहेको थियो ।

यस्तै एपिएफका महेश चौधरी प्रतियोगता उत्कृष्ट प्रशिक्षक चुनिए । योसंगै विधागततर्फ उत्कृष्ट चुनिने सबै खेलाडी तथा प्रशिक्षकले समान ५–५ हजार राशी पुरस्कार प्राप्त गरेकाछन् ।

नेपालगन्ज रंगशालाको कर्भड हलमा एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो । बिजेता एपिएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गरेकोछ । एपिएफले पुलिसलाई २५–२२, २५–२१ र २५–१९ ले पराजित गर्दै सातौं चरणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको हो ।

न्यू डायमण्ड लिगमा तेस्रो हुँदै एक लाख हात पारेको छ । भने त्रिभुवन आर्मी क्लब चौथो स्थानमा समेटिदैं ५० हजार हात पारेकोछ । स्थानीय टिम लुम्बिनी पुछारमा रहेको थियो ।