तेस्रो खजुरा मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिताको तयारी पुरा


तेस्रो खजुरा मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिताको तयारी पुरा

खजुरा २६ फागुन : तेस्रो खजुरा गाउँपालिका स्तरीय मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पुरा भएकोछ । उक्त रनिङ शिल्ड प्रतियोगिता भोली (बुधबार) बाट शुरु हुनेछ ।

प्रतियोगिता सफल पार्न खजुरा गाउँपालिकाका प्रमुख तथा गाउँ शिक्षा समितिका संयोजक किस्मत कुमार कक्षपतिको अध्यक्षतामा ३०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । भने व्यवस्थापनलाई प्रभावकारी र सहज बनाउनका निमित्त उद्घाटन समारोह, अतिथि सत्कार, जुरी अफ अपील, मञ्च व्यवस्थापन, उद्घोषण, पुरस्कार व्यवस्थापन, स्वयंसेवक परिचालन, प्राविधिक तथा फिल्ड निर्माण, भोजन तथा आवास, प्रचारप्रसार र प्राथमिक तथा स्वास्थ्य सेवा उपसमिति गठन गरी परिचालन गरिएको छ ।

प्रतियोगिताको प्रशासनिक एवं व्यवस्थापकीय कार्यलाई चुस्तदुरुस्त र छिटोछरितो बनाउन यमनारायण महतोको संयोजकत्वमा सचिवालय स्थापना गरिएको छ । खेल अवधिभर खेल मैदानलाई व्यवस्थित गर्न योगिनी मावि गौघाटका प्रध्यानाध्यापक गगन बहादुर खड्कालाई फिल्ड मार्शल तथा अरुणोदय माविका संस्थापक प्रिन्सीपल ऋषिकेश जिसीलाई सहायक फिल्ड मार्शल तोकिएको छ ।

प्रतियोगिता खजुरा गाउँपालिका वडा नम्बर–४, बद्रीपुरस्थित जनकल्याण माविको खेलमैदानमा हुनेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

तेस्रो रनिङ शिल्ड प्रतियोगितामा कम्तिमा १० लाख रकम खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा लाग्ने कूल खर्च मध्ये खजुरा गाउँपालिकाले गतवर्ष ५ लाख बजेट विनियोजन गरेकोमा यस वर्ष बढोत्तरी गरि ७ लाख विनियोजन गरेको छ । बजेट समय सापेक्ष बृद्धि गरिने गाउँपालिका अध्यक्ष कक्षपतिले जनाए ।

गाउँपालिकामा रहेका सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका मावि (कक्षा ९­१२), आधारभूत तह (कक्षा ६­८) र आधारभूत तह (कक्षा १­५) मा अध्ययनरत क्रमशः १८ वर्ष, १४ वर्ष र १२ वर्ष मुनिका करीव १ हजार विद्यार्थीहरुको सहभागिता रहनेछ ।

प्रतियोगिता अन्र्तगत माध्यमिक तह (कक्षा ९­ १२) र आधारभूत तह (कक्षा ६­८) गरी दुई ओटा रनिङ शिल्डका लागि प्रतिष्पर्धा हुनेछ भने आधारभूत तह (कक्षा १­५) का लागि सहायक खेलहरु खेलाइने छ ।

यस्तै मावितर्फ एथलेटिक्स, भलिवल, कबड्डी र मार्शल आर्ट (जुडो) खेलका १६ इभेन्ट्स, आधारभूत तह कक्षा ६­८ तर्फ एथलेटिक्सका १० इभेन्ट्स र आधारभूत तह कक्षा १­५ तर्फ, रिले दौड, १०० मिटर दौड, चम्चा दौड ३० मिटर र कुर्सी दौड खेलका ५ इभेन्ट्स गरी जम्मा ३१ ओटा खेलहरु खेलाइनेछ ।

गत वर्षको संस्करण्मा जम्मा ६४ इभेन्ट्स समेटिएका थिए भने यस वर्ष कोभिड–१९ को विषम परिस्थितिका कारण ३ दिनमा जम्मा ३१ खेल मात्र खेलाइने छ । यो खेललाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूदको छनोट खेलको रुपमा लिइएको छ ।

खेलको दौरानमा खेलाडीलाई चोटपटक लाग्न सक्ने सम्भावनालाई ख्याल राख्दै ५० जना खेलाडीहरुको खेल अवधिभर ५ लाखसम्मको उपचार बीमा गरिएको छ । भने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरुले क्रमश मावि (कक्षा९­ १२) तर्फ क्रमशः २५,०००,१५,००० र १०,००० रुपैयाँ, आधारभूत तह (कक्षा ६­८) १५,०००, १०,००० र ७,००० रुपैयाँ तथा आधारभूत (१–५) मा प्रथम, द्धित्तीय र तृतीयलाई क्रमशः १०,०००, ७००० र ५००० नगद पुरस्कार तथा प्रमाणपत्र र ट्र«फी प्रदान गरिने गाउँपालिका अधयक्ष कक्षपतिले जानकारी दिए ।

खजुरा गाँउपालिका मिश्रित जातजाति र धर्मावलम्बीहरुको बसोबास क्षेत्र रहेकाले धार्मिक सद्भावको प्रतिकको रुपमा मेयर रनिङ शिल्ड खेलकूदको लोगोमा विविध धर्मका धार्मिक स्थलहरु अंकित गरिएको छ । त्यसैगरी, बाँके राष्ट्रिय निकुञ्जमा मात्र पाइने विश्वकै दुर्लभ जनावर चार सिंगे हरिणलाई प्रतिक चिन्ह (मस्कट)को रुपमा राखिएको छ । गाउँपालिकाले ‘कोभिड विरुद्धको अभियानमा गुणस्तरीय शिक्षा र खेलकूद’ भन्ने मूल नाराका साथ रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरिने हुँदा मेयर रनिङ शिल्ड खेलकूद निर्देशिका २०७५ तयार पारी गाउँपालिका परिषद्बाट पारित गराई लागु गरिएको छ र सोही निर्देशिका बमोजिम गाउँपालिका प्रमुख कक्षपतिको अध्यक्षतामा १७ सदस्यीय मेयर रनिङ शिल्ड खेलकूद सञ्चालन तथा व्यवस्थापन समिति गठन समेत गरिएको छ ।

गाउँपालिका अध्यक्ष कक्षपतिले भने –यो प्रतियोगिता हरेक वर्ष राष्ट्रपति रनिङ शिल्ड खेलकूद सञ्चालन राष्ट्रिय निर्देशिका २०७४ र मेयर रनिङ शिल्ड खेलकूद निर्देशिका २०७५, खजुरा मातहत रही सञ्चालन गरिने छ ।’ उनले भने–‘प्रतियोगितालाई भव्यरुपमा सफल पार्न सबै सरकारी तथा गैर सरकारी निकाय, शिक्षक, कर्मचारी, खेलकूद समिति, खेल संघहरु, राजनीतिक दल, समाजसेवी सबैमा सहयोग, समन्वय र सहकार्यका लागि हार्दिक अनुरोध गर्दर्छु ।’

खजुरा गाउँपालिकामा २०७५ सालदेखि खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिताको हुदैँ आएकोछ । प्रतियोगिताको प्रथम संस्करण जनसेवा मावि, खजुरा–६ ,पुरैनाको व्यवस्थापनमा २०७५ फागुन ३ देखि ६ गते र दोस्रो संस्करण २०७६ पौष २७ गतेदेखि माघ ३ गतेसम्म अमर माविको व्यवस्थापनमा सञ्चालन भएको थियो । हालसम्म दुबै संस्करणको शिल्ड बिजेता ज्ञानोदय उमावि रहेकोछ ।