पोखरामा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बारेमा जानकारी दिदैं ।
नेपालगन्ज २९ फागुनः फुटबल प्रतियोगिताको नाम आउनेवित्तिकै सबैको मुखमा झुण्डिने नाम ‘आहारारा गोल्डकप’ हो । अझ फुटबल प्रेमी र खेलाडीका लागि यो नाम अलग हुन सक्दैन ।
घरेलु फुटबलमा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अलग पहिचान छ । गर्विलो ईतहास र यसको निरन्तरताले आम फुटबल प्रेमी र खेलाडीमा परेको छाप नामेट छ ।
मोफसलनमा निरन्तरत आयोजना हुनेमध्ये आहा रारागोल्ड कप एक हो । थुप्रै खेलाडी उत्पादन गर्ने मात्र नभई सम्भावना बोकेको यो प्रतियोगिता कोरोना भाइरसका कारण भएको बन्दाबन्दी खुलेसंगै आहारारा गोल्डकपको १९औं संस्करण आगामी चैत २१ गतेदेखि सञ्चालन हुने भएकोछ । यसअघि चैत १७ गतेदेखि हुने भनिएको प्रतियोगिता कोरोना र आवश्यक ब्यवस्थापनका कारण केही समय पछि धकलिएको हो ।
विगतमा १० देखि १२ टोलीको सहभागिता रहेन आहारारामा यसपटक भने कोरोनाका प्रभाव परेकोछ । कोरोनाको प्रभावका कारण यसपटक आहारारामा सहभागी टोलीको संख्या घटेको छ ।
कोरोना विश्वमा प्रवेश गरिरहँदा समेत सामना गर्दै गत वर्ष प्रतियोगिता आयोजना गरेको सहारा क्लब पोखराले १९ औँ संस्करणको आयोजनाको तयारीलाई तीब्र पारेको छ ।
देशको विषम परिस्थितिमा समेत आयोजना हुदैँ आएको प्रतियोगितामा यो वर्ष पनि एक विदेशी टिम सहित ८ वटा टिमले सहभागिता जनाउने शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
पोखरा रंगशालामा हुने प्रतियोगितामा प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नेपाल आयल निगम मनाङ मस्र्याङ्दी, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार, नेपाल एपीएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोएसन डउला क्यामरुन र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष थापाले जानकारी दिए । तर, यो वर्ष त्रिभुवन आर्मी क्लब, हिमालयन शेर्पा क्लब, जावलाखेल युथ, विग्रेड ब्वाइज क्लबल लगायतको सहभागिता नरहने भएको हो ।
‘कोरोना माहामारीका कारण प्रतियोगिताको मिति केही पछाडि धकेलियो भने केही प्रतियोगी टिम पनि आउन पाएनन्,’ अध्यक्ष थापाले भने । अघिल्ला संस्करणमा १२ टिमले सहभागी हुन्थे ।
प्रतियोगिताको उपाधि जित्नेले १० लाख १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ५ लाख १ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले अप्रिला स्कुटर प्राप्त गर्नेछ ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सका अध्यक्ष सूर्यबहादुर केसीको यसै वर्ष निधन भएकाले उत्कृष्ट पाँच विधाको पुरस्कार उनै केसीलाई समर्पण गरिने आयोजकले जनाएको छ ।
कोरोनापछि लयमा फर्किइरहेको खेल जगतलाई आहाराराले थप चलायमान बनाउने विश्वास आयोजकको लिएकोछ । सहाराले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने छ । ३५ हजार, प्रमाणपत्र र दोसल्लासहित उत्कृष्ठ खेलाडी सम्मान प्रदान गरिने अध्यक्ष थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा करिब एक करोड एक लाख ८१ हजार रुपैयाँ खर्च हुने र एक करोड २९ लाख एक हजार आम्दानी हुने अनुमान गरिएको आयोजक सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
बचत रकमबाट क्लबले सहारा फुटबल एकेडेमीको सञ्चालनार्थ खर्च गर्दै आएको छ । क्याराभान गोल्ड कपसहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
आयोजक सहारा क्लबले ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित फुटबल प्रतियोगिता गर्दैछ ।
यसअघि १८ औं संस्करणको आहारारा क्लब प्रतियोगिताको विजेता नेपाल आयल निगम मनाङ मस्र्याङ्दी रहेको थियो भने उपविजेता नेपाल पुलिस क्लब रहेको थियो ।


संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’