एन्फाद्वारा पहिलोपटक बाँकेमा प्रेसिडेन्ट लिग गर्दै

लिग विजेताले १० लाख पाउने, उपाधिका लागि ७ टिम भिड्ने


एन्फाद्वारा पहिलोपटक बाँकेमा प्रेसिडेन्ट लिग गर्दै

नेपालगन्ज १ चैत : सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सम्पन्न भएको हप्तादिनमै पहिलो पटक बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सोमबारदेखि शुरु हुँदैछ । कोरोना भाइरस संक्रमणका बेला भएको देश बन्दाबन्दी खुलेसंगै खेलक्षेत्र पुरानै लयमा फर्किदैछन् । जसका कारण यतिबेला देशभर विभिन्न खेलकुदका गतिविधि बढेर आएकोछ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा पहिलोपटक नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु हुन लागेको हो । एन्फाले आईतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको छ ।

सम्मेलनमा एन्फाले फुटबलको विकास ईतिहासमा पहिलोपटक नेपालगन्जमा फुटबल लिग गर्न लागेको एन्फा केन्द्रीय सदस्य तथा प्रतिनिधि पूर्णमान चित्रकारले बताए ।चित्रकारका अनुसार मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबलमा सहभागी गराउने उद्देश्यले एन्फा प्रेसिडेन्ट लिग–२०७७को आयोजना गर्न लागेको हो ।

प्रतियोगिता सात प्रदेशका लिग च्याम्पियन टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामालुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी युवा क्लब (बाँके) ले प्रतिस्पर्धा गर्नेछ । साथै प्रदेश नम्बर १ को लिग च्याम्पियन सैनिक फुटबल क्लब(झापा), प्रदेश नम्बर २ च्याम्पियन मनकामना युवा क्लब(रौतहट), बागमती प्रदेश च्याम्पियन(धादिङ समाज), गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब(लमजुङ), कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब(जुम्ला) र सुदुरपश्चिम प्रदेश च्याम्पियन स्टारसिटी युवा क्लब(कैलाली)ले प्रतिस्पर्धा गर्नेछन् ।

Kids Festival 2022
kanti aarogya hospital

प्रसिडेन्ट लिगको शिर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् । प्रतियोगिता चैत २ गते सुरु भई १५ गते समापन हुने एन्फाले जनाएको छ ।
प्रेसिडेन्ट लिग–२०७७ को विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।

प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् । साथ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउनेछन् । प्रतियोगितालाई सफल बनाउनको लागि हामीले विभिन्न उप–समितिहरु गठन गरिसकेको आयोजकले जनाएको छ ।

जसको सचिवालय संयोजकमा समिर वली, आवास तथा भोजनमा घनश्याम थापा, मञ्च तथा अतिथि सत्कारमा गोबिन्द्र श्रेष्ठ, प्रचार– प्रसारमा कमल खत्री, अनुशासनमा गोर्वधन सिंह सम्झना, प्राथमिक उपचारमा भरत बहादुर खत्री, मैदान व्यवस्थापनमा अर्जुन थापा, टिकट व्यवस्थापनमा दिपक राना र स्वयमसेवक व्यवस्थापनको संयोजकको रुपमा विष्णु रावतलाई मनोनित गरिएको छ ।