नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद बैशाख ५ गते देखि ११ गतेसम्म हुने भएको छ । शुक्रबार भएको राष्ट्रिय खेलकूद परिषद्को बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।
प्रतियोगिताको मिति घोषणासँगै आयोजना प्रति गरिएका आशंकाहरु समाप्त भएका छन् । यसअघि बसेको कार्यकारी समितिको बैठकले चैत २५ गते प्रतियोगिताको उद्घाटन प्रस्ताव गरेको थियो ।
पछिल्ला दिन राखेप सदस्य सचिव केशवकुमार विष्ट चैत २७ मा उद्घाटन गर्ने बताउँदै आएका थिए । प्रतियोगिताको मुख्य आयोजना स्थल नेपालगन्ज रंगशालामा भीआइपी प्याराफिट निर्माणमा ढिलाई हुँदा प्रतियोगिता सुनिश्चित हुन सकेको थिए । अहिले रंगशालामा भिआइपी प्याराफिट जडानको कार्य तिव्र पारिएको छ । चैत २५ भित्र सम्पुर्ण निर्माण कार्य सकिने राखेपले बताएपनि बोर्ड बैठकले बैशाखको पहिलो साता प्रतियोगिताको मिति तय गरेको हो ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा