उद्घाटन खेलमा मनकामना युवा क्लब, रौतहट र स्टार सिटी युवा क्लब, कैलाली भिड्दै

शीर्ष ४ टिमले राष्ट्रिय लिग खेल्न पाउने


उद्घाटन खेलमा मनकामना युवा क्लब, रौतहट र स्टार सिटी युवा क्लब, कैलाली भिड्दै

नेपालगन्ज १ चैत : सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सम्पन्न भएको हप्तादिनमै पहिलो पटक बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगिता आज (सोमबार) देखि हुँदैछ ।

कोरोना भाइरस संक्रमणका बेला भएको देश बन्दाबन्दी खुलेसंगै खेलक्षेत्र पुरानै लयमा फर्किदैछन् । जसका कारण यतिबेला देशभर विभिन्न खेलकुदका गतिविधि बढेर आएकोछ ।

गत चैतदेखि कोरोना भाइरस संक्रमणका कारण नेपाली खेलकुद पूर्णरुपमा ठप्प भएको थियो । सरकारले पछिल्लोपटक बन्दाबन्दि खुला गरेसंगै यतिबेला देशभर खेलकुदका गतिविधि बढेर आएको हो ।

खेलकुदको गतिविधि बढेसंगै राष्ट्रिय लिग अन्तरगत एन्फा प्रेसिडेन्ट लिग बाँकेमा पहिलो पटक हुन लागेको हो । यसका लागि सातै प्रदेशका खेलाडिसहितको टिम प्रतियोगितामा सहभागिता जनाउन नेपालगन्ज आइपुगेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा बाँकेको नेपालगन्ज रंगशालामा पहिलोपटक प्रतियोगिता हुनेभएपछि यसक्षेका खेलप्रेमी र खेलाडी उत्साहित बनेकाछन् ।
प्रतियोगिताको पूर्वसन्ध्यामा एन्फाले हिजो (आईतबार) पत्रकार सम्मेलन गरि प्रतियोगिताका बारेमा जानकारी गराएको छ ।

सम्मेलनमा एन्फाले फुटबलको विकास ईतिहासमा पहिलोपटक नेपालगन्जमा एन्फा प्रेसिडेन्ट लिग फुटबल गर्न लागेको एन्फा केन्द्रीय सदस्य तथा प्रतिनिधि पूर्णमान चित्रकारले बताए ।

चित्रकारका अनुसार मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबलमा सहभागी गराउने उद्देश्यले ‘एन्फा प्रेसिडेन्ट लिग–२०७७’ को आयोजना गर्न लागेको हो ।
प्रतियोगिता सात प्रदेशका लिग च्याम्पियन टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी युवा क्लब (बाँके) ले प्रतिस्पर्धा गर्नेछ ।

साथै प्रदेश नम्बर १ को लिग च्याम्पियन सैनिक फुटबल क्लब (झापा), प्रदेश नम्बर २ च्याम्पियन मनकामना युवा क्लब (रौतहट), बागमती प्रदेश च्याम्पियन (धादिङ समाज), गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब (लमजुङ), कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब (जुम्ला) र सुदूरपश्चिम प्रदेश च्याम्पियन स्टारसिटी युवा क्लब (कैलाली) ले प्रतिस्पर्धा गर्नेछन् ।

प्रसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् । प्रतियोगिता आजबाट शुरु भई चैत १५ गते समापन हुने एन्फाले जनाएको छ ।
प्रेसिडेन्ट लिग–२०७७ को विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।

प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् । साथै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार पाउनेछन् ।

नेपालगन्ज रङ्गशालामा आज दिउँसो २ बजे एक भब्य समारोहकाबीच अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले गर्नेछन् । उद्घाटन खेलमा प्रदेश २ को च्याम्पियन मनकामना युवा क्लब, रौतहट र सुदूरपश्चिम प्रदेशको च्याम्पियन स्टार सिटी युवा क्लब, कैलालीबीच प्रतिस्प्रर्धा हुनेछ ।

प्रतियोगितालाई सफल बनाउनका लागि विभिन्न उप–समितिहरु गठन गरिसकेको आयोजकले जनाएको छ ।

जसको सचिवालय संयोजकमा समीर ओली, आवास तथा भोजनमा घनश्याम थापा, मञ्च तथा अतिथि सत्कारमा गोबिन्द श्रेष्ठ, प्रचार– प्रसारमा कमल खत्री, अनुशासनमा गोर्बधन सिंह सम्झना, प्राथमिक उपचारमा भरतबहादुर खत्री, मैदान व्यवस्थापनमा अर्जुन थापा, टिकट व्यवस्थापनमा दीपक राना र स्वयमसेवक व्यवस्थापनको संयोजकको रुपमा विष्णु रावतलाई मनोनित गरिएको छ ।

शीर्ष ४ टिमले राष्ट्रिय लिग खेल्न पाउने

नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा पहिलोपटक बाँकेमा आयोजना गरिएको एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएका ४ वटा टोलीले राष्ट्रिय लिग खेल्ने भएकाछन् ।

सोमबारदेखि नेपालगन्ज स्थित रङ्गशालामा हुने प्रेसिडेन्ट लिगमा अंक तालिकामा शीर्ष स्थान लिने ४ टोलीले राष्ट्रिय लिग खेल्नेछन् ।

राष्ट्रिय लिग खेल्नका लागि ‘ए’ डिभिजन लिगका शीर्ष ६ टोली र प्रदेश लिगबाट छनोट भएका ४ गरि १० टोलीले राष्ट्रिय लिग खेल्ने व्यवस्था एन्फाले गर्दै आएकोछ ।
राष्ट्रिय लिग खेल्नका लागि भएपनि नेपालगन्ज रङ्गशालामा हुने प्रेसिडेन्ट लिगमा शीर्ष स्थानमा आउन प्रदेश च्याम्पियन टिमको बेजोड खेल प्रस्तुती हुनेछ ।

एन्फाका अनुसार जिल्लाका च्याम्पियन टोलीले प्रदेश लिग खेल्नेछन् । प्रदेश लिगका च्याम्पियन ७ टोलीले एन्फा प्रेसिडेन्ट्स कप खेल्नेछन् । सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि अंक तालिकाका शीर्ष ४ टोली राष्ट्रिय लिगका लागि छनोट हुनेछ ।

राष्ट्रिय लिग खेल्ने सुनौलो अवसर रहेकै कारण यतिबेला प्रदेश च्याम्पियन फुटबल क्लब यो मौका आफ्नो पक्षमा पार्न खेलमैदानमा उत्रिदैँछन् ।