खेल शुरु भएको ३ मिनेटमै रुपबहादुरले गोल गरे

महिला राष्ट्रिय टिमको प्रशिक्षण नेपालगन्जमा गर्छौं : एन्फा अध्यक्ष शेर्पा


खेल शुरु भएको ३ मिनेटमै रुपबहादुरले गोल गरे

नेपालगन्ज २ चैत : नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा पहिलोपटक बाँकेमा आयोजना गरिएको ‘एन्फा प्रेसिडेन्ट लिग–२०७७’ मा सुदूरपश्चिमको च्याम्पियन स्टार सिटि युवा क्लब विजयी भएकोछ ।

नेपालगन्जस्थित रङ्गशालामा सोमबार देखी शुरु भएको भएको प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमको च्याम्पियन स्टार सिटी युवा क्लब कैलालीले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

स्टार सिटी युवा क्लबको तर्फबाट जर्सि नम्बर १७ का खेलाडी रुपबहादुर लामाले २ गोल र जर्सी नम्बर ११ का खेलाडी दीपकराज सिंह ठकुरीले १ गोल गर्दै विजयी बनेको हो ।

खेलको म्यान अफ द म्याच बनेका रुप बहादुरले खेल शुरु भएको ३ मिनेटमै आक्रमकरुपमा गोल गरेपछि च्याम्पियन स्टार सिटी युवाक्लबले खेलमा अग्रता लिएको थियो ।
निकैनै प्रतिस्प्रर्धीरुपमा भएको खेलमा प्रदेश २ को च्याम्पियन मनकामना युवा क्लब रौतहटमाथि आफ्नो दवदवा कायम गरेको च्याम्पियन स्टार सिटीका खेलाडी दीपक सिंह ठकुरीले खेलको ४६ औं मिनेटमा सानदार गोल गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

दुई गोल खाएको प्रदेश २ को च्याम्पियन मनकामना युवा क्लब रौतहट दवावमा रहेकै बेला जवाफी गोल गर्ने सुनौलो अवसर पाउँदा समेत गोल गर्न सकेको थिएन । खेलको ८१ औं मिनेटमा सुदूरपश्चिमका च्याम्पियन स्टार सिटीका खेलाडी रुपबहादुरले पुनः एक गोल गर्दै खेल जिताए ।

दुई गोल गरेका सुदूरपश्चिमका खेलाडी रुपबहादुर लामा खेलको म्यान अफ द म्याच बने । उनलाई बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले नगद ५ हजारसहित सम्मान गरे । सोमबार एक समारोहकाबिच प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले गरेका थिए ।

चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को च्याम्पियन सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को च्याम्पियन धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट च्याम्पियन धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को च्याम्पियन लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको च्याम्पियन स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् भने उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउने आयोजकले जनाएको छ ।

अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।मङ्गलबार दुई खेल हुनेछ ।

पहिलो खेल दिउँसो १ बजे प्रदेश नम्बर ३ को च्याम्पियन धादिङ समाज धादिङ र प्रदेश नम्बर ६ को च्याम्पियन लेकाली युवा क्लब जुम्लाबीच प्रतिस्प्रर्धा हुनेछ । भने दोस्रो खेल बेलुका ४ बजे प्रदेश नम्बर ४ को च्याम्पियन त्रिवेणी युवा क्लब, लमजुङ र लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी युवा क्लब, बाँकेबीच प्रतिस्प्रधा हुनेछ ।

महिला राष्ट्रिय टिमको प्रशिक्षण नेपालगन्जमा गर्छौं : एन्फा अध्यक्ष शेर्पा

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपालगन्ज रङ्गशालामा महिला राष्ट्रिय टिमको प्रशिक्षण गर्ने बताएका छन् । एन्फाद्वारा पहिलोपटक बाँकेमा आयोजना गरिएको ‘एन्फा प्रेसिडेन्ट लिग–२०७७’ को उद्घाटन शत्रमा बोल्दै अध्यक्ष शेर्पाले यस्तो बताएका हुन् ।

नेपालगन्ज रङ्गशालाको समग्र अवस्थालाई मापन गर्दै उनले भने –‘नेपालगन्ज रङ्गशालालाई एन्फाले जिम्मा लिएर वर्षभरी खेलकूद गतिविधि गर्ने सोँच बनाएकाछौं । हामी काम गर्ने भनेर आएका हौं । महिला राष्ट्रिय टिमको प्रशिक्षण यही गर्नेछौं ।’

‘फुटबलका खेलाडी पहिचान गरि स्तरीय खेलाडी छनोट गर्न यो प्रतियोगिताले सहयोग गर्छ । जसले राष्ट्रिय स्तरको टिम बनाउन मद्दत पुग्ने भएकाले प्रतियोगिता सफल पार्न सबैलाई आह्वान गर्दछु’ अध्यक्ष शेर्पाले बताए ।

राष्ट्रिय लिग खेल्नका लागि भएपनि नेपालगन्ज रङ्गशालामा भइरहेको प्रेसिडेन्ट लिगमा शीर्ष स्थानमा आउन प्रदेश च्याम्पियन टिमको बेजोड खेल प्रस्तुती भइरहेकोछ ।
एन्फाका अनुसार राष्ट्रिय लिग खेल्न जिल्लाका च्याम्पियन टोलीले प्रदेश लिग जित्नुपर्ने हुन्छ । प्रदेश लिगका च्याम्पियन ७ टोलीले एन्फा प्रेसिडेन्ट्स कप खेलिरहेकाछन् । सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि अंक तालिका अुनसार शीर्ष ४ टोलीले मात्र राष्ट्रिय लिग खेल्न पाउनेछन् ।

राष्ट्रिय लिग खेल्ने सुनौलो अवसर रहेकै कारण यतिबेला प्रदेश च्याम्पियन फुटबल क्लब यो मौका आफ्नो पक्षमा पार्न खेलमैदानमा उत्रिएको छ ।