एन्फा प्रेसिडेन्ट लिग : आज दुई खेल हुदैँ


एन्फा प्रेसिडेन्ट लिग : आज दुई खेल हुदैँ

नेपालगन्ज ३ चैत : नेपालगन्ज रङ्गशालामा जारी ‘एन्फा प्रेसिडेन्ट लिग–२०७७’ को दोस्रो दिन आज दुई खेल हुदैँछ ।

पहिलो खेल दिउँसो १ बजे प्रदेश नम्बर– ३ को च्याम्पियन धादिङ समाज धादिङ र प्रदेश नम्बर ६ को च्याम्पियन लेकाली युवा क्लब जुम्लाबीच प्रतिस्प्रर्धा हुनेछ ।

यस्तै दोस्रो खेल बेलुका ४ बजे गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब, लमजुङ र लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी युवा क्लब, बाँकेबीच प्रतिस्प्रधा हुनेछ ।

नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा पहिलोपटक बाँकेमा ‘एन्फा प्रेसिडेन्ट लिग–२०७७’ आयोजना गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसअघि प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमको च्याम्पियन स्टार सिटी युवा क्लब कैलालीले प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

राष्ट्रिय लिग खेल्नका लागि भएपनि नेपालगन्ज रङ्गशालामा भइरहेको प्रेसिडेन्ट लिगमा शीर्ष स्थानमा आउन प्रदेश च्याम्पियन टिमको बेजोड खेल प्रस्तुती भइरहेकोछ ।

एन्फाका अनुसार राष्ट्रिय लिग खेल्न जिल्लाका च्याम्पियन टोलीले प्रदेश लिग जित्नुपर्ने हुन्छ । प्रदेश लिगका च्याम्पियन ७ टोलीले एन्फा प्रेसिडेन्ट्स कप खेलिरहेकाछन् ।

सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि अंक तालिका अुनसार शीर्ष ४ टोलीले मात्र राष्ट्रिय लिग खेल्न पाउनेछन् । राष्ट्रिय लिग खेल्ने सुनौलो अवसर रहेकै कारण यतिबेला प्रदेश च्याम्पियन फुटबल क्लब यो मौका आफ्नो पक्षमा पार्न खेलमैदानमा उत्रिएको छ ।