धम्बोझी र त्रिवेणीको जित

बाँके र कैलाली शीर्ष स्थानमा


धम्बोझी र त्रिवेणीको जित

नेपालगन्ज ५ चैत : लुम्बिनी प्रदेशको धम्बोझी क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बिहीबार जित हाँसिल गरेका छन् ।

बिहीबार भएको खेलमा पहिलो खेलमा लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी क्लबले प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ ।

अर्को खेलमा त्रिवेणीले बागमती प्रदेशको च्याम्पियन धादिङ समाजलाई ३–२ ले पराजित गरेको छ । बिहीबार धम्बोझीको जितमा निसान लिम्बुले ह्याट्रिक गरे । उनले ९, ३५ र ८८ औं मिनेटमा गोल गरे । जितसँगै धम्बोझीले लगातार दुइ खेल जितेर ६ अंक जोडेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैगरी त्रिवेणीको जितमा विश्वास श्रेष्ठले ४३, जय गुरुङले ७८ र कमल श्रेष्ठले पेनाल्टी मार्फत ८८ मिनेटमा गोल गरेका थिए । धादिङका लागि अमिर श्रेष्ठले पेनाल्टी मार्फत ३७ मिनेट र मिकचेन तामाङले ९५ औं मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार च्याम्पियन सैनिक फुटबल क्लब झापा र च्याम्पियन लेकाली युवा क्लब जुम्लाबिच प्रतिस्पर्धा हुनेछ ।

चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को च्याम्पियन सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहट, बागमती प्रदेशको च्याम्पियन धादिङ समाज धादिङ, गण्डकी प्रदेशबाट च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट च्याम्पियन धम्बोझी युवा क्लब बाँके, कर्णाली प्रदेशको च्याम्पियन लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको च्याम्पियन स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।

बाँके र कैलाली शीर्ष स्थानमा

बाँकेको नेपालगन्जस्थित रङ्गशालामा जारी एन्फा प्रेसिडेन्ट लिग अन्तर्गत ४ औं दिनको ६ खेलसम्म बाँके र कैलालीले समान अंक जोड्दै लिगको शीर्ष स्थान ओगट्न सफल भएकाछन् ।

लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी यवा क्लब र सुदूरपश्चिम प्रदेशको च्याम्पियन स्टार सिटी युवा क्लब कैलालीले लिग तालिकामा समान ६/६ अंक प्राप्त गर्दै शीर्ष स्थानमा पुग्न सफल भएका हुन् ।

यस्तै लिग अन्तर्गत गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब, लमजुङ र बागमती प्रदेशको च्याम्पियन धादिङ्ग समाज, धादिङ्गको समान अंक ३/३ रहेकोछ ।
यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने हुदाँ खेलाडीहरुको बेजोड प्रस्तुती भइरहेकोछ ।

हालसम्म भएको ६ खेलको नतिजा

१. कैलाली विरुद्ध रौतहट (३–०)
२. धादिङ विरुद्ध जुम्ला(९–१)
३. धम्बोझी विरुद्ध लम्जुङ(१–०)
४. कैलाली विरुद्ध झापा(२–१)
५. धम्बोझी विरुद्ध रौतहट(३–०)
६. त्रिवेणी युवा क्लब लम्जुङ विरुद्ध धादिङ समाज(३–१)