लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझीको लगातर दोस्रो हार


लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझीको लगातर दोस्रो हार

नेपालगन्ज ९ चैत : एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार सैनिक युथ क्लब झापाले घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३–२ ले पराजित गरेको छ ।

लिग प्रतियोगितामा लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी क्लबको यो लगातार दोस्रो हार हो । यसअघि शनिबार भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको च्याम्पियन स्टार सिटी युवा क्लब, कैलालीले धम्बोझीलाई ३–१ ले पराजित गरेको थियो ।

यस्तै सोमबार भएको अर्को खेलमा स्टार सिटी युथ क्लब कैलालीलाई धादिङ समाज धादिङले १–१ को बराबरीमा रोकेको छ ।

खेलको अन्तिममा मिनेटमा दिपक राज सिंह ठकुरी गोल गरेपछि खेल बराबरी भएको थियो । उनले ९२औं मिनेटमा गोल गरे । त्यसअघि धादिङको तर्फबाट उमेश राईले ५३औं मिनेटमा गोल गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

खेलमा धादिङका अनिल तामाङ म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहित शाहले पुरस्कृत गरे ।

त्यसअघि सोमबार भएको पहिलो खेलमा सैनिकको तर्फबाट सुनिल खड्काले २० मिनेट, सुशिल लामाले ३३ मिनेट र जीवन गुरुङले ४८ औं मिनेटमा गोल गरेका थिए ।

धम्बोझीको तर्फबाट पुर्ण गुरुङले ५ मिनेट र बिसन गुरुङले ८०औं मिनेटमा गोल गरेका थिए । खखेलमा सैनिक युथका जीवन गुरुङ म्यान अफ द म्याच घोषित भए । उनलाई एन्फा केन्द्रिय सदस्य प्रदेश सिंह राठोरले पुरस्कृत गरेका थिए ।

चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को च्याम्पियन सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहट, बागमति प्रदेशको च्याम्पियन धादिङ समाज धादिङ, गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी क्लब बाँके, कर्णाली प्रदेशको च्याम्पियन लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको च्याम्पियन स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । प्रतियोगिताको उत्कृष्ट सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ ।

अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन् ।