त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने


त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

काठमाडौं १७ चैत : अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो ।

दशरथ रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । नेपालका लागि सन्जोक राई र विशाल राईले एक÷एक गोल गरेका थिए । बंगलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त ग¥यो भने उपविजेता बंगलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ । -रासस