दोस्रो जिल्ला स्तरीय तथा प्रथम मेयर कप व्याटमिन्टन प्रतियोगीता सम्पन्न


दोस्रो जिल्ला स्तरीय तथा प्रथम मेयर कप व्याटमिन्टन प्रतियोगीता सम्पन्न

बर्दिया २९ चैत : दोस्रो बर्दिया जिल्ला स्तरीय तथा प्रथम बारबर्दिया मेयर कप व्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ ।

बर्दिया जिल्ला व्याडमिन्टन संघ र बारबर्दिया नगरपालिकाको संयुक्त आयोजनामा दोस्रो जिल्ला स्तरीय तथा प्रथम बारबर्दिया मेयर कप व्याडमिन्टन प्रतियोगीता शनिबार सम्पन्न भएको हो ।

प्रतियोगिता अन्र्तगत डबल तर्फको उपाधि राम बहादुर शाही र राजेश चौधरीले जित्न सफल भएका छन् भने एकलतर्फको उपाधि सचिन चौधरीले हात पारेका छन् ।

डबल तर्फ ३८ वटा टिमले भाग लिएको प्रतियोगीतामा द्वितीय विरेन्द्रकुमार ठकुरी र एक नारायण अधिकारीको टोली भएको थियो भने एक नारायण अधिकारी, नरेश मल्ल र प्रणेश ढकालका साथै अर्जुन शाही र सचिन चौधरीको टिमले तृतीय स्थान प्राप्त गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी एकलतर्फ रामबहादुर शाही द्वितीय, एक नारायण अधिकारी र कमल क्षेत्रीले तृतीय स्थान प्राप्त गरेका थिए । प्रतियोगीतामा विजेता टिमलाई लुम्विनी प्रदेश सभा सदस्य तिलक शर्मा ‘हिमाल’, बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु ‘कविर’ लगायतले प्रमाण पत्र, नगद मेडल तथा ट्रफी प्रदान गरेका थिए ।

‘स्वास्थ्यका लागी खेलकूद राष्ट्रका लागी खेलकूद’ भन्ने नाराका साथ आयोजना गरिएको दोस्रो बर्दिया जिल्ला स्तरीय तथा प्रथम मेयर कप व्याडमिन्टन प्रतियोगीता–२०७७ चैत २७ र २८ गते सञ्चालन भएको थियो ।

जिल्लामा रहेका खेलाडीहरुको पहिचान र खेलकुद क्षेत्रबाट पनि आन्तरिक पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास रहेको बर्दिया जिल्ला व्याडमिन्टन संघका अध्यक्ष बालकृष्ण ओलीले बताए ।