नेपालगन्ज : आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोकिएपछि खेलाडी उत्साहित भएका छन् । दुई वर्षको अवधिमा आठौँ राष्ट्रिय प्रतियोगितमा प्रतिष्पर्धा गर्न पाउने भएपछि खुशी लागेको सातौँ राष्ट्रिय प्रतियोगितामा एथलेटिक्स तर्फ स्वर्ण पदक जितेका बाँकेका एम साजन सुनारले बताए ।
आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तय भएपछि उत्साहित भएको उनले बताए । उनले प्रतियोगिताले सहभागी हुने अवसरले गर्मीलाई गौण बनाई दिएको बताए । ‘राष्ट्रिय प्रतियोगितामा प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि सवैभन्दा खुसीको कुरा हो, घाम, पानी, चिसोले खेलमा कुनै अर्थ राख्दैन,’ सुनारले भने ।
बाँकेका अभिभामान चौधरी पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदैछन् । भारोत्तोलन खेलाडी चौधरीले गर्मीले प्रतियोगितालाई कुनै असर नगर्ने बताए । उनले गर्मीभन्दा प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाएकोमा खुसी छन् । ‘प्रतियोगितामा सहभागी हुन पाउनु नै गर्वको कुरा हो, गर्मी त आउँछ जान्छ, प्रतियोगितामा भाग लिने अवसर सधैँ आउने कुरा हुँदैन,’ उनले भने ।
एथलेटिक्सकी खेलाडी विश्वरुपा बुढा सातौँ राष्ट्रिय प्रतियोगितामा बाँकेबाट प्रतिष्पर्धा गरिन् । उनले एथलेटिक्समा स्वर्ण पदक जितिन् । ‘प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि सवैभन्दा ठूलो अवसर हो,’ उनले भनिन्, ‘आठौँमा पनि आफ्नो प्रतिभा देखाउन पाइने भयो, साह्रै खुसी लागेको छ ।’उनले गर्मीले खेल खेल्न कुनै असर नगर्ने बताइन् । ‘खेलाडीका लागि प्रतियोगिता हुनु ठूलो कुरा हो, घाम, पानी, चिसो जस्तोसुकै मौसममा पनि हामी खेल्न सक्छौँ,’ उनले भनिन् ।
आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तय भएपछि खेलाडी उत्साहित भएको एथलेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले बताए । उनले खेलाडीहरु स्वस्फुर्त रुपमा अभ्यास गरिरहेको बताए । ‘प्रतियोगिताले नै खेलाडीको भविष्य निर्धारण गर्छ, प्रतियोगिता भएन भने खेलाडीको प्रतिभा मरेर जान्छ,’ उनले भने । पौडी र भारोत्तोलन गर्मीमा मात्र खेल्न सकिने भएकोले बैशाख महिना उपयुक्त भएको पूर्व खेलाडीले बताएका छन् । भारोत्तोलन खेल चिसो मौसममा खेल्न नसकिने भारोत्तोलनका पूर्व खेलाडी शमशुद्धिन सिद्धिकीले बताए ।
उनले भारोत्तोलन प्रतियोगितामा भाग लिनुभन्दा पहिलो शरिरलाई हिट (तातो) बनाउनु पर्ने भएकोले चिसो मौसममा खेल्न नसकिने बताए । ‘भारोत्तोलनका लागि बैशाख महिना एकदमै उत्तम महिना मानिन्छ,’ भारोत्तोलन एशियाड गेम खेलिसकेका सिद्धिकीले भने । पौडीका लागि पनि बैशाख महिना एकदमै उत्तम भएको पौडीका स्वयमसेवक प्रशिक्षक चन्द्र चौधरीले बताए । उनले नेपालका पौडी पोखरीमा बढिमा पाँच महिनामात्र प्रतियोगिता गराउन सकिने बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी