भेरीको आइसियु र भेन्टिलेटर भरियो

अस्पतालले थेग्न सक्दैन, अवस्था भयाबह बन्दै : मेसु थापा


भेरीको आइसियु र भेन्टिलेटर भरियो

नेपालगन्ज ६ वैशाख : कोरोना भाइरस संक्रमणको जटिलताले यतिबेला भेरी अस्पताल नेपालगन्जको कोभिड वार्ड भरिएकोछ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै बाँकेमा जटिल खालका बिरामीको संख्या बढ्दै गएको छ । जटिल खालका बिरामीका लागि छुट्याइएका आइसियु र भेन्टिलेटर कक्ष भरिएका छन् ।

भेन्टिलेटर र आइसीयु चाहिने बिरामीको संख्या दैनिक उकालो लाग्दै गएपछि समग्र बाँकेको स्वास्थ्य अवस्थाप्रति चिन्ता र चासो हुन थालेकोछ ।

बाँकेमा कोरोना संक्रमितको संख्या दिनहुँ उकालो लाग्दैछ । तर, संक्रमितको संख्यामा बृद्धि मात्र भएको छैन, उनीहरुको स्वास्थ्यमा समेत जटिलता पनि उत्तिकै बढ्दो छ । यसले गर्दा अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री समेत अपुग हुन थालेकोछ ।

जनस्वास्थ्यका मापदण्ड पालना नगरे र कोरोनालाई सामान्य रुपमा लिए बाँकेको स्थिति अझ भयावह हुँदै जाने भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेनट डाक्टर प्रकास थापाको भनाई छ । हाल अस्पतालमा देखिएको संक्रमितको तथ्यांकले बाँकेको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको पुष्टि गरिरहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

बाँकेमा कोरोना संक्रमितको संख्या यही गतिमा बढ्दै गए केही दिनमा भेन्टिलेटर नपाएर विरामीको मृत्यु हुने संख्या बढ्न सक्ने मेसु डाक्टर थापाको अनुमान छ । कोभिड वार्डमा विरामीका लागि शय्या अभाव हुदै गएकाले बिरामीको मृत्यु हुन नदिन सबैले सावधानी अपनाउनुपर्नेमा उनी जोड दिन्छन् ।

कोरोनाको संक्रमणको चेनब्रेक गर्न जिल्लामा लकडाउन गर्नुपर्ने उनको तर्क छ । समयमै कोरोनाको जोेखिमलाई मध्यनजर गरि यो कदम उठाइएन भने हामी सबै फेल हुनेछौं ।

भेरी अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसन वार्डमा कोरोना पोजेटिभका लागि १०२ बेड र संकास्पद बिरामीलाई राख्न ४० शैया गरि कुल १४२ शैयाको वार्ड छ । यस्तै अस्पतालभित्रको १५ शैयाको कोभिड आइसियू पनि प्याक भैसकेको छ ।

संक्रमण फैलिने क्रम नरोक्ने हो भने अस्पतालहरूले थेग्न नसक्ने गरि बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको छ ।

कोरोना भाइरस हाल आक्रामक शैलीमा फैलिदै गएको विज्ञहरुको विश्लेषण छ । यही गतिमा संक्रमण फैलिदै गए अस्पतालले बिरामीको संख्या थेग्न नसक्ने अवस्था आउने भन्दै चिकित्सकले चेतावनी समेत दिएकाछन् ।

नेपालगन्जस्थित भेरी अस्पतालमा शनिबार, आईतबार र सोमबार दिउँसो गरि तीन दिनमा ६ जनाको मृत्यु भइसकेको छ । जसमा एक २० वर्षिया स्टाफ नर्स समेत रहेकी छन् । उनीहरु छ जना नै एक सातादेखि भेन्टिलेटरमा उपचाररत थिए । कोभिडको जटिलताका कारण उनीहरुको मृत्यु भएको हो ।

भेरी अस्पतालको तथ्यांक अनुसार सोमबार बेलुकासम्म ४० जना आइसियुमा र ७ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ।

यो पनि पढ्नुहोस्

बाँकेमा एकैदिन ३२२ जना संक्रमित फेला परे