भारतमा एकैदिन ३ लाख ३२ हजारमा कोरोना संक्रमण

एकदैदिन २२६३ जनाले ज्यान गुमाए


भारतमा एकैदिन ३ लाख ३२ हजारमा कोरोना संक्रमण

नेपालगन्ज ११ वैशाख : तिव्रगतिमा फैलिएको कोरोना संक्रमणले यतिबेला भारतलाई आफ्नो चपेटमा लिएकोछ ।

भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेदा संक्रमितको प्रभावकारी उपचार हुन सकिरहेको छैन । यतिबेला भारतमा कोरोना संक्रमणले आक्रमकरुपमा फैलरहँदा त्यहाका संक्रमितलाई उपचारका लागि बेड तथा अत्यावश्यक अक्सिजन समेत अपुग भइरहेकोछ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ ।

यसबीच पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ३२ हजार ७३० जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा दुई हजार २६३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८६ हजार ९२० पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ६२ लाख ६३ हजार ६९५ पुगेको तथ्यांक छ ।

Kids Festival 2022
kanti aarogya hospital

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ । भारतमा अझैं कोरोना संक्रमितको यो ग्राफ उकालो लाग्ने बताइएकोछ ।