सवारी साधन नपाएपछि छोरा र ज्वाइँले मोटरसाइकलमा राखेर अस्पतालबाट ल्याए महिलाको शव
नेपालगन्ज १५ वैशाख : भारतमा कोरोनाभाइरसको दोस्रो लहरले स्वास्थ्य प्रणाली अस्तव्यस्त बनाइदिएको छ । अस्पतालमा बिरामीले भर्ना पाएका छैनन्, भर्ना भएकाले अत्यावश्यक अक्सिजन पाएका छैन । दैनिक ३ हजारभन्दा बढी संक्रमितको ज्यान जान थालेपछि श्मशान गृहमा शवको चाङ लागेको छ ।
पछिल्लो समय एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । आन्ध्र प्रदेशको स्रिकाकुलममा खिचिएको उक्त भिडिओमा दुई जना युवकले एक जना महिलालाई बीचमा राखेर मोटरसाइकल चलाइरहेका छन् । समाचारमा जनाइएअनुसार गत सोमबार मन्डासा मन्डल गाउँकी ती ५० वर्षीय महिलालाई कोरोनाभाइरसका लक्षणहरू देखिएपछि जचाउन लगिएको थियो ।
तर, जाँचको रिपोर्ट नआउँदै उनको मृत्यु भयो। अस्पतालले उनको शवलाई घरसम्म लैजान कुनै सवारी व्यवस्था गर्न सकेन ।
त्यसपछि उनका छोरा र ज्वाइँले मोटरसाइकलमा राखेर महिलाको शव १५ किलोमिटर टाढाको घर लिएर गए । भिडिओमा छोरा र ज्वाइँले महिलाको अवस्थाबारे एक जना प्रहरीलाई बताएको देखिन्छ ।
मृत्युपछि आएको रिपोर्टमा ती महिलालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
आन्ध्र प्रदेशमा कोरोनाको संक्रमण रोक्न सरकारले कडा प्रतिबन्धहरू लगाएको छ । -सेतोपाटीबाट
केसीले उम्मेदवारी फिर्ता लिए, बाँके क्षेत्र नं १ मा निर्विरोध भए पूर्ण
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी
दुई दिन सर्यो काँग्रेस १५ औं महाधिवेशन
पत्रकार मल्ल पक्राउ प्रकरण : सर्वोच्चले भन्यो २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनू
लुम्बिनीमा विपदका चार दिन : ७८ घटना, ६ जनाको मृत्यु, १२ सय बढी बिस्थापित
बाँके क्षेत्र नं २ को क्षेत्रीय सभापति चुनिए नरेन्द्रकुमार चौधरी, चारजना प्रदेस सांसद महाधिवेशन प्रतिनिधमा पराजित