दिल्लीमा अक्सिजन र बेड नपाएपछि जन्मभूमि फर्किएका दुई नेपालीको बाटोमै मृत्यु

भारतको स्वास्थ्य प्रणाली तहसनहस, प्रवासी नेपालीको बेहाल


दिल्लीमा अक्सिजन र बेड नपाएपछि जन्मभूमि फर्किएका दुई नेपालीको बाटोमै मृत्यु

नेपालगन्ज १६ वैशाख : भारतको राजधानीका दिल्लीका सरकारी र निजी अस्पतालमा भौतारिँदा अक्सिजन र बेड नपाएपछि उपचारका लागि नेपाल ल्याउने क्रममा दुईजना नेपालीको उत्तर प्रदेशमा मृत्यु भएको छ ।

कोभिड संक्रमित दुई प्रवासी नेपालीलाई दिल्लीबाट एम्बुलेन्समा नेपाल ल्याउने क्रममा नुवाकोटका हरी रौला र बैतडीका मनोज भट्टको बाटोमै निधन भएको प्रवासी नेपाली अभियन्ता आरबी खड्काले बताएका छन् ।

हरि रौला दिल्लीको पहाडगन्जमा रामराजा होटलका सन्चालक हुन् । त्यस्तै मोनज भट्ट प्रवासी नेपालीहरुबीच सामाजिक अभियन्ताका रुपमा परिचित थिए ।

उनीहरु दुवैजनाको कोभिडको उपचार नपाएका कारण उत्तर प्रदेशको मुरादाबादमा निधन भएको खड्काले बताएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनका अनुसार भारतमा स्वास्थ्य प्रणाली अत्यन्तै खराब छ र प्रवासी नेपालीहरुको अवस्था वेहाल छ । दिल्ली लगायत कतै पनि अस्पतालमा अक्सिजन र बेड पाइने सम्भावना छैन ।

प्रवासी नेपालीहरु जीवन जोगाउन र मर्नु परे पनि आफ्नै जन्मभूमिमा मर्ने भन्दै नेपाल फर्किन थालेका छन् । -नेपाल प्रेसबाट