भारतको स्वास्थ्य प्रणाली तहसनहस, प्रवासी नेपालीको बेहाल
नेपालगन्ज १६ वैशाख : भारतको राजधानीका दिल्लीका सरकारी र निजी अस्पतालमा भौतारिँदा अक्सिजन र बेड नपाएपछि उपचारका लागि नेपाल ल्याउने क्रममा दुईजना नेपालीको उत्तर प्रदेशमा मृत्यु भएको छ ।
कोभिड संक्रमित दुई प्रवासी नेपालीलाई दिल्लीबाट एम्बुलेन्समा नेपाल ल्याउने क्रममा नुवाकोटका हरी रौला र बैतडीका मनोज भट्टको बाटोमै निधन भएको प्रवासी नेपाली अभियन्ता आरबी खड्काले बताएका छन् ।
हरि रौला दिल्लीको पहाडगन्जमा रामराजा होटलका सन्चालक हुन् । त्यस्तै मोनज भट्ट प्रवासी नेपालीहरुबीच सामाजिक अभियन्ताका रुपमा परिचित थिए ।
उनीहरु दुवैजनाको कोभिडको उपचार नपाएका कारण उत्तर प्रदेशको मुरादाबादमा निधन भएको खड्काले बताएका छन् ।
उनका अनुसार भारतमा स्वास्थ्य प्रणाली अत्यन्तै खराब छ र प्रवासी नेपालीहरुको अवस्था वेहाल छ । दिल्ली लगायत कतै पनि अस्पतालमा अक्सिजन र बेड पाइने सम्भावना छैन ।
प्रवासी नेपालीहरु जीवन जोगाउन र मर्नु परे पनि आफ्नै जन्मभूमिमा मर्ने भन्दै नेपाल फर्किन थालेका छन् । -नेपाल प्रेसबाट
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?
अपहरणकारीलाई प्रहरीले गोली हानेर समात्यो, ३८ घण्टापछि बालिकाको सकुशल उद्धार
खुलामञ्चमा काँग्रेस-कुम्भ
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन