नेपालगन्ज :आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा नेपालगन्ज नगर क्षेत्रका सडकहरु मर्मत तथा कालोपत्रे गर्ने कार्यलाई तीव्र
पारिएको छ ।
नेपालगन्ज रगंशाला प्रवेश हुने मुल तथा सहायक सडक धमाधम मर्मत तथा कालोपत्रे गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
नगर क्षेत्रका साना–ठुला गरी झण्डै एक दर्जन सडक मर्मत र कालोपत्रे भइरहेको उपमहानगरले जनाएको छ । अधिकांश मुख्य सडकहरु कालोपत्रे भइसकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले बताए ।
आठौँ राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गरि उपमहानगरपालिकाले रंगशाला क्षेत्र नजिक पर्ने सडकको स्तरोन्नती गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले जानकारी दिए । न्यूरोड, त्रिवेणीमोड, रानी तलाउ देखि मंगलप्रसाद मावि जाने बाटो, नगरभवन देखि रंगशाला जाने बाटो, रंगशालाका वरिपरिका अन्य सडक कालोपत्रे हुने क्रममा छन् । कालोपत्रे गर्न नसकिएका सहायक बाटोलाई ग्राभेल गरि रोलर लगाएर हिड्डुल गर्न सहज बनाइएको छ ।
नेपालगन्ज रंगशाला प्रवेश गर्ने मुल प्रवेशद्वारलाई कालोपत्रे गर्न सुरु भएको छ । दुईदिन भित्र कालोपत्रे गरिसक्ने गरि काम भइरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए । मुल गेटको प्रवेशद्वारबाट विशिष्ट अतिथि, अतिथि, खेलाडी, प्रशिक्षक र सर्वसाधारणको आवतजावत सहज बनाउन कालोपत्रे गरिएको उनले बताए । उनले नेपालगन्ज रंगशालामा निर्माणाधिन संरचना पूरा हुने क्रममा भएको बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी