भारतमा एक हप्ताभित्र १५ % संक्रमित र ४१ % मृत्युदर बढ्यो, यो संसारकै सर्वाधिक


भारतमा एक हप्ताभित्र १५ % संक्रमित र ४१ % मृत्युदर बढ्यो, यो संसारकै सर्वाधिक

नेपालगन्ज २१ वैशाख : भारतमा कोरोना बिरामीको आँकडा २ करोड पार भएको छ । अर्थात्, भारतमा हालसम्म २ करोड २ लाख ७५ हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् ।

यस्तै, भारतमा पहिलो पटक एकैदिन रेकर्डस्तरको ३.१८ लाख मानिसहरु निको भएका छन् । हालसम्म संसारभरी एकैपटक यति धेरै बिरामी निको भएका छैनन् । साथै, सोमबार लगातार तेस्रो दिन नयाँ संक्रमितको संख्यामा गिरावट आएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ६८० मानिसहरु संक्रमित पाइएका छन् । ३० अप्रिलपछि बिरामीको नयाँ संख्यामा लगातार कमी देखिएको छ ।

३० अप्रिलमा एकैदिन रेकर्डस्तरको ४.०२ लाख बिरामी भेटिएका थिए । त्यसपछि शनिबार ३.९२ लाख र आइतबार ३.७० लाख संक्रमित भेटिएका थिए । अघिल्लो हप्तालाई यो हप्तासँग तुलना गर्ने हो भने यतिबेला १५ प्रतिशत संक्रमित बढेका छन् ।

एक हप्तामा ४१ प्रतिशत मृत्युदर बढ्यो, यो संसारको सबैभन्दा धेरै

Kids Festival 2022
kanti aarogya hospital
add

सोमबार देशमा ३,४३६ मानिसहरुको संक्रमणका कारण मृत्यु भएको छ । ३ हजारभन्दा बढीको ज्यान गएको यो लगातार छैटौं दिन हो । हप्ताभरीको आँकडालाई केलाउने हो भने यस हप्ता मृत्युको संख्यामा ४१ प्रतिशतको वृद्धि भएको छ । यतिबेला २४ हजार ५०३ बिरामीको मृत्यु भएको छ । स्थिति यो छ कि भारतको राजधानी दिल्लीमा हरेक ३ मिनेटमा एकजनाको मृत्यु भइरहेको छ । यहाँ सोमबार ४४८ जनाले ज्यान गुमाए । संसारको शीर्ष–१० देशको तुलना गर्ने हो भने भारतबाहेक टर्की, अर्जेन्टिना, जर्मनी र कोलम्बियामा मात्रै मृत्युदर बढिरहेको छ । अमेरिका, ब्राजिल, फ्रान्स, इरानजस्ता देशमा अघिल्लो हप्ताको तुलनामा मृत्युदरमा गिरावट आएको छ ।

देशमा कोरोना महामारीको आँकडाः

पछिल्लो २४ घण्टामा कूल नयाँ संक्रमितः ३.५५ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,४३६
पछिल्लो २४ घण्टामा कूल निको भएका व्यक्तिः ३.१८ लाख
हालसम्म कूल संक्रमितको संख्याः २.०२ करोड
हालसम्म निको भएकाः १.६६ करोड
हालम्मको मृत्युः २.२२ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३४.४३ लाख

-रातोपाटीबाट