वष्टन (अमेरिका) : अमेरिकाको मेरील्याण्ड राज्यमा गोलीप्रहार र आगजनीमा परि एक नेपालीको मृत्यु भएको छ ।
मृत्यु भएका नेपाली संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे भएको पुष्टि भएको छ ।
घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लाफ्लिन युनिभर्सिटीबाट कम्प्युटर साइन्समा स्नातक गरेको उनका सहोदर काका कप्तान घिमिरेले बताए ।
शनिबार बिहान बाल्टिमोर काउण्टीको उडलनमा भएको उक्त आगजनी तथा गोली प्रहारमा घिमिरेसहित ४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै एनबीसी न्युजले जनाएको छ ।
५१ वर्षीय एक व्यक्तिले घरमा आगो लगाएपछि घरबाहिर सटगन लिएर बसेको र घटनास्थलमा प्रहरी आउनासाथ प्रहरीको गोलीबाट ती व्यक्तिको मृत्यु भएको बताइएको छ ।
घटनामा अर्का एक नेपाली युवा पनि घाइते भएको र उनको अवश्था खतरामुक्त भएको बाल्टिमोर एशोसियसन अफ नेपलिज अमेरिकाका पूर्वमहासचिव तथा पत्रकार गौतम दाहालले बताए ।
सागर ४ वर्ष अगाडि उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएका थिए । उनी विक्रम घिमिरे र दुर्गा घिमिरे (स्वर्गीय)का कान्छा छोरा हुन् । मृतक घिमिरेका एक दाजु र एक दिदी रहेका छन् ।
‘राम्रो अंकका साथ ब्याचलर्स गरेको थियो,’ उनका काका कप्तानले भने, ‘पढाइमा तेज भएकोले उसले स्कलरसिप पनि पाएको थियो ।’ कप्तान दुखद खबर सुनेपछि अन्तिम सँस्कारका लागि क्यालिफोर्नियाको ओकडेलबाट बाल्टिमोर जाँदैछन् । -बाह्रखरीबाट
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?