नेपालगन्ज २७ वैशाख : कोरोना भाइरस संक्रमणले आक्रान्त बनेको बाँकेमा यतिबेला जनप्रिय नेता नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणाको दैनिकी फेरिएकोछ ।
देशमै सबैभन्दा बढि कोरोनाले आक्रान्त बनाएको बाँकेको नेपालगन्जमा मेयर राणा कोरोना संक्रमित विरामीको प्रभावकारि उपचार तथा उचित ब्यवस्थापनका लागि दिनरात खटिरहेकाछन् ।
यसअघि पहिलो चरणको कोरोना लहरका बेलासमेत आम जनताको स्वास्थ्यका लागि अहोरात्र खटेका मेयर राणा दोस्रो चरणको कोरोना संक्रमणले आक्रान्त बनेको बाँकेमा उर्जाशिल भएर लागिपरेकाछन् ।
कोरोना विरामीको उचित उपचार, व्यवस्थापन तथा अन्य चाँजोपाजोका लागि कहिले अक्सिजन सिलिण्डर खोज्दै, बोक्दै ब्यवस्थापन गरिरहेका हुुन्छन् त कहिले अस्पताल तथा आइसोलेसनमा पुगि संक्रमित विरामीको उपचार, स्वास्थ्य अवस्था बुझ्दै मनोबल बढाईरहेका हुन्छन् ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, संक्रमित विरामीको मनोबल बढाउन र कोरोना संक्रमण न्यूनिकरणका लागि आइसोलेसन निर्माण, अक्सिजनको चाजोँबाजोदेखि स्वास्थ्यसम्बन्धि सामाग्री ब्यवस्थापन लगायतका कार्यमा खरोरुपमा मैदानमा उत्रिएका मेयर राणाको यो स्वभाव र कार्यले जिल्लामा कोरोना संक्रमण न्यूनिकरण र ब्यवस्थापनमा सहयोग पुगिरहेकोछ ।

यतिमात्र होइन नेपाल–भारत सीमानाका जमुनाह भएर नेपाल आउने नेपालीहरुको उचित व्यवस्थापन भए नभएको समेत आफै फिल्डमा उत्रिएर अनुगमन गरिरहेकाछन् ।
यसैबीच, नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणाले सोमबार नेपाल–भारत जमूनाह नाकामा पुगी भारतबाट नेपाल प्रवेश गर्नेहरुको लगत संकलन कार्य थप व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।
सोमबार नगर स्वास्थ्य शाखा प्रमुख रामवहादुरसहित नाकामा स्थलगत अनूगमनमा गएका नगर प्रमुख राणाले हाल नाकामा भारतबाट फर्किनेहरुको लगत संकलन कार्य विगतको भन्दा राम्रो भएको भन्दै थप व्यवस्थित बनाउन निर्देशन दिए ।
नगर प्रमुख राणाले नाकासँगै, होल्डिङ्ग सेन्टर, रामलिला मैदानस्थित आईसोलेसन वार्ड, भेरी अस्पताल र ह्वाईटहाउसस्थित आईसोलेसन सेन्टरको स्थलगतको अनूगमन गरेका छन् । सो क्रममा नगर प्रमुख राणाले भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र विरामीहरुसँग परामर्श गरेकाछन् ।
नगर प्रमुख राणाले महामारीको अवस्थामा सबैपक्षको साथ र सहयोग चाहिएको भन्दै अस्पतालका लागि आवश्यक सहयोग उपमहानगरपालिकाबाट पनि भईरहेको बताए । उनले नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुसँग उनीहरुका समस्या बारेमा समेत छलफल गरि सम्बोधनका लागि लागिपरेको बताए ।
यसैबीच, कशौधन बैश्य समाज अन्तर्गतको युवा मञ्चले नेपालगन्ज उप–महानगरपालिकाका लागि मेडिकल सामग्री सहयोग गरेको छ ।
समाजका अध्यक्ष नन्दलाल बैश्यको अगुवाईमा सोमबार नगर प्रमुख राणालाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।
लंग्स एक्सरसाईजर ४० थान, स्ट्रिम १५० थान, केएन–९५ मास्क २०० थान, अक्सिजन मास्क ६० थान र फेसशिल्ड १०० पिस हस्तान्तरण गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु