जनप्रिय मेयर राणा कोभिडका विरामी भेट्न अस्पताल र आईसोलेसन धाउँछन्


जनप्रिय मेयर राणा कोभिडका विरामी भेट्न अस्पताल र आईसोलेसन धाउँछन्

नेपालगन्ज २७ वैशाख : कोरोना भाइरस संक्रमणले आक्रान्त बनेको बाँकेमा यतिबेला जनप्रिय नेता नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणाको दैनिकी फेरिएकोछ ।

देशमै सबैभन्दा बढि कोरोनाले आक्रान्त बनाएको बाँकेको नेपालगन्जमा मेयर राणा कोरोना संक्रमित विरामीको प्रभावकारि उपचार तथा उचित ब्यवस्थापनका लागि दिनरात खटिरहेकाछन् ।

यसअघि पहिलो चरणको कोरोना लहरका बेलासमेत आम जनताको स्वास्थ्यका लागि अहोरात्र खटेका मेयर राणा दोस्रो चरणको कोरोना संक्रमणले आक्रान्त बनेको बाँकेमा उर्जाशिल भएर लागिपरेकाछन् ।

कोरोना विरामीको उचित उपचार, व्यवस्थापन तथा अन्य चाँजोपाजोका लागि कहिले अक्सिजन सिलिण्डर खोज्दै, बोक्दै ब्यवस्थापन गरिरहेका हुुन्छन् त कहिले अस्पताल तथा आइसोलेसनमा पुगि संक्रमित विरामीको उपचार, स्वास्थ्य अवस्था बुझ्दै मनोबल बढाईरहेका हुन्छन् ।

Kids Festival 2022
kanti aarogya hospital

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, संक्रमित विरामीको मनोबल बढाउन र कोरोना संक्रमण न्यूनिकरणका लागि आइसोलेसन निर्माण, अक्सिजनको चाजोँबाजोदेखि स्वास्थ्यसम्बन्धि सामाग्री ब्यवस्थापन लगायतका कार्यमा खरोरुपमा मैदानमा उत्रिएका मेयर राणाको यो स्वभाव र कार्यले जिल्लामा कोरोना संक्रमण न्यूनिकरण र ब्यवस्थापनमा सहयोग पुगिरहेकोछ ।

यतिमात्र होइन नेपाल–भारत सीमानाका जमुनाह भएर नेपाल आउने नेपालीहरुको उचित व्यवस्थापन भए नभएको समेत आफै फिल्डमा उत्रिएर अनुगमन गरिरहेकाछन् ।
यसैबीच, नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणाले सोमबार नेपाल–भारत जमूनाह नाकामा पुगी भारतबाट नेपाल प्रवेश गर्नेहरुको लगत संकलन कार्य थप व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।

सोमबार नगर स्वास्थ्य शाखा प्रमुख रामवहादुरसहित नाकामा स्थलगत अनूगमनमा गएका नगर प्रमुख राणाले हाल नाकामा भारतबाट फर्किनेहरुको लगत संकलन कार्य विगतको भन्दा राम्रो भएको भन्दै थप व्यवस्थित बनाउन निर्देशन दिए ।

नगर प्रमुख राणाले नाकासँगै, होल्डिङ्ग सेन्टर, रामलिला मैदानस्थित आईसोलेसन वार्ड, भेरी अस्पताल र ह्वाईटहाउसस्थित आईसोलेसन सेन्टरको स्थलगतको अनूगमन गरेका छन् । सो क्रममा नगर प्रमुख राणाले भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र विरामीहरुसँग परामर्श गरेकाछन् ।

नगर प्रमुख राणाले महामारीको अवस्थामा सबैपक्षको साथ र सहयोग चाहिएको भन्दै अस्पतालका लागि आवश्यक सहयोग उपमहानगरपालिकाबाट पनि भईरहेको बताए । उनले नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुसँग उनीहरुका समस्या बारेमा समेत छलफल गरि सम्बोधनका लागि लागिपरेको बताए ।

यसैबीच, कशौधन बैश्य समाज अन्तर्गतको युवा मञ्चले नेपालगन्ज उप–महानगरपालिकाका लागि मेडिकल सामग्री सहयोग गरेको छ ।

समाजका अध्यक्ष नन्दलाल बैश्यको अगुवाईमा सोमबार नगर प्रमुख राणालाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

लंग्स एक्सरसाईजर ४० थान, स्ट्रिम १५० थान, केएन–९५ मास्क २०० थान, अक्सिजन मास्क ६० थान र फेसशिल्ड १०० पिस हस्तान्तरण गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।