कति छिटो सर्छ भारतीय भेरियेन्ट ?


कति छिटो सर्छ भारतीय भेरियेन्ट ?

नेपालगन्ज ४ जेठ : केही महिना अगाडि मात्र कोभिड संक्रमण दर कम हुँदै गएको र खोप अभियान सफल भइरहेका जस्ता राम्रा समाचार सुन्न थालिएको थियो । तर, अहिले परिस्थिति बदलिसकेको छ । लकडाउन खुकुलो पारिरहेका मुलुकहरु पनि अहिले पुनः विचार गर्न बाध्य बनेका छन् किनकी भारतमा उत्पन्न नयाँ ‘बी.१.६१७.२ भेरियेन्ट बिस्तारै दुनियाँभर फैलिन सुरु गरेको छ ।

यतिबेला पूरै विश्वमा भाइरस र खोपबीच प्रतिस्पर्धा चलिरहेको छ । भेरियेन्ट फैलिरहेको गतिमा खोप अभियान सञ्चालन गर्न सकिएन भने परिणाम भयानक हुन सक्ने वैज्ञानिकहरुको चेतावनी छ । तर, यो नयाँ भारतीय भेरियेन्ट कति छिटो फैलन सक्छ भन्नेबारे अझै पनि स्वास्थ्यविद्हरु पूर्ण निश्चित हुन सकेका छैनन् । प्रोफेसर क्रिस वीटी भन्छन्,‘यो गम्भीर प्रश्नको उत्तर अझैसम्म पत्ता लाग्न सकेको छैन ।’

यदि यो बेलायतमा व्याप्त केन्ट भेरियेन्टभन्दा थोरै बढी मात्र संक्रमक छ भने धेरै चिन्ता गर्नुपर्ने छैन तर सरकारको वैज्ञानिक सल्लाहकार समूहले बताए अनुसार भारतीय भेरियेन्ट ५० प्रतिशत छिटो सर्न सक्ने सम्भाव्यता रहेको छ । यो भनेको अधिक संक्रमक हो । कतिपयले त यसमा अझ बढी, ६० प्रतिशत संक्रमक भएको प्रक्षेपण पनि गरिरहेका छन् । तर, यी सबै भाइरल स्याप्लको जेनेटिक सिक्वेन्समा आधारित छन् । त्यसैले यो डाटाले कूल रुपमा यस भेरियेन्टलाई प्रतिनिधित्व गर्न सक्ने स्पष्ट भइसकेको छैन ।

साथै हामीले यो कुरा पनि याद राख्न जरुरी छ कि हामी अहिले गत वर्षको अवस्थामा छैनौँ । विश्वका धेरै देशहरमा लाखौँ करोडौँले खोप लगाइसकेका छन् । र, खोपले भाइरसलाई पूर्ण रुपमा परास्त नगरे पनि संक्रमण र गम्भीर बिरामी हुनेबीचको जोडलाई कमजोर बनाइरहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

भारतमा व्याप्त भेरियेन्ट बी.१.६१७. मा डबल म्युटेसन भएकाले पनि यसबारे सबैले चिन्ता व्यक्त गर्दै आएका छन् । किनकी यो छिटो संक्रमण हुने किसिमको छ र यससँग इम्युन सुरक्षालाई छल्न सक्ने क्षमता पनि छ । यो हाल ४० भन्दा धेरै देशमा फैलिसकेको छ । यस्तोमा भारतीय वैज्ञानिकहरुले ल्याबमा यसले कति छिटो आफूलाई फैलाउन सक्छ भन्नेमा अध्ययन गरिरहेका छन् । खोप लगाइसकेकाहरुको रगतले यसको संक्रमणबाट जोगाउन सक्छ कि सक्दैन भनेर पनि परीक्षण गरिरहेका छन् ।

अनुसन्धानकर्ता उद्वादियाको अवलोकनमा यो सुरुवाती लहरमा जसरी घरको एक परिवारलाई मात्र संक्रमित नपारेर, एकजनामा भाइरस लागेपछि परिवारको सबै संक्रमित भइसक्ने ग्यारेन्टी दिन सकिने उनले बताए । यसअघि इम्म्पेरियल कलेज लन्डनले ११५ कोभिड पोजेटिभहरुको अध्ययन गर्दा दुई जनामा भारतको भेरियेन्ट रहेको पत्ता लागेको थियो । तर उनीहरुले रिपोर्ट गरे अनुसार पछिल्लो दुई हप्ता उनीहरु कहिँकतै भ्रमणमा गएका थिएनन् । यसकारण नै थोरै सङ्ख्यामा भएपनि यो नयाँ भेरियेन्ट वास्तवमै एकदम सजिलोगरी सर्न सक्ने अनुमान गरिएको छ । र यो लन्डनमा पनि एकदम बिस्तारै फैलिरहेकाले यसलाई अझ राम्ररी बुझ्न जरुरी रहेको प्रोफेसर पल एलिओटले बताए ।

यो भेरियेन्ट तुलनात्मक रुपमा बढी संक्रमक हुने, यसले संक्रमणको समय पनि लम्ब्याइदिने र इम्युन सुरक्षालाई पनि हराउन सक्ने स्वास्थ्यविद्हरुले बताएका छन् । तर यो कत्तिको संक्रमक छ भन्ने सटिक रुपमा प्रमाणित गर्न अझ धेरै डाटा आवश्यक रहेको बताइएको छ । -बाह्रखरीबाट