नेपालगन्ज १० जेठ : नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिद अभियानमा योग समिति नेपालले सहयोग गरेकोछ ।
योग समितिको दोस्रो वार्षिक उत्सवका अवसरमा भेरी अस्पताल परिसरमा सोमबार विहान महासंघको एम्बुलेन्स खरिदका लागि ५ हजार १ सय बराबरको चेक प्रदान गरिएको हो ।
योग समितिका अध्यक्ष गिरिराज भट्टराई लगायत पदाधिकारीको उपस्थितिमा नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य भिष्म लोधलाई उक्त सहयोग बापत रकमको चेक हस्तान्तरण गरिएको थियो ।
पत्रकार महासंघको एम्बुलेन्स खरिद सामाजिक कार्य भएकाले सहयोग गरिएको अध्यक्ष भट्टराई बताए ।
यस्तै सो अवसरमा योग समितिले अस्पताल परिसरमा सञ्चालित अन्जनी माता रसोई घरलाई ३५ पेटी पानी प्रदान गरेकोे छ । समितिका अध्यक्ष भट्टराईले रसोई घरका सञ्चालक जितेन्द्र सिंह ठाकुरलाई पानी हस्तान्तरण गरे । सहयोग प्रादन गर्ने समितिलाई रसोई घरले धन्यवाद पत्र समेत प्रदान गरेको योग समितिका कोषाध्यक्ष अम्बिका कोइरालाले जानकारी दिइन् ।
यसैगरि नेपालगन्ज उपमहानगरपालिका वडा नम्रब–४ मा सञ्चालित आइसोलेशन केन्द्रलाई समेत योग समितिले १५ पेटी पानी सहयोग गरेकोछ ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्