लुकाएर राखिएको कोभिशिल्ड जेठ १३ र १४ गते लगाइने


लुकाएर राखिएको कोभिशिल्ड जेठ १३ र १४ गते लगाइने

नेपालगन्ज १२ जेठ : जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले लुकाएर राखेको कोराना भाइरस विरुद्धको कोभिशिल्ड भ्याक्सिन जोखिम क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई लगाइने भएकोछ ।

स्वास्थ्य प्रमुख शाहले २३३८ डोज भ्याक्सिन कार्यालयको दराजमा लुकाएर राखेको समाचार केही दिनअघि सेतोखरीले सार्वजनिक गरेको थियो ।

समाचार सार्वजनिक भएपछि चौतर्फीरुपमा विरोध खेपेका शाहले अन्ततः भ्याक्सिन बाहिर निकाल्न बाध्य भएका हुन् ।

स्वास्थ्य प्रमुख शाहले आफूले नियतबस कोभिशिल्ड भ्याक्सिन नलुकाएको दावि गर्दैे जोखिमपूर्ण क्षेत्रमा कामगर्नेहरुलाई लगाइन लागेको जानकारी दिए ।
लुकाएर राखिएको उक्त भ्याक्सिन यही जेठ १३ र १४ गते लगाईने भएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

जनस्वास्थ्य कार्यालयल बाँकेले यही जेठ १३ र १४ गते पहिलो डोज भ्याक्सिन लगाइसकेका र जोखिम क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, निजामती कर्मचारी, बैंक, प्राधिकरण, न्याय तथा पत्रकार लगायतलाई दोस्रो खोप लगाउन लागिएको हो ।

यता स्वास्थ्य कार्यालयका जनक गिरीका अनुसार, २०७७ फागुन २२ गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज खोप प्रदान गरिदैछ । २०७७ फागुन २२ गतेसम्म दुई सय ९० जना प्रहरी र ६० जना सेना गरि ३५० जनालाई दोस्रो डोज लगाइ सकेको छ । स्वास्थ्य कार्यालयका कर्मचारीले जिल्ला प्रहरी कार्यालय र राँझास्थित आर्मी ब्यारेकमा गएर खोप लगाइदिएका थिए ।

गिरीका अनुसार २०७७ फागुन २२ गतेसम्म बाँकेमा ९ हजार ८ सय ३३ जनाले पहिलो डोज खोप लगाएका थिए । त्यसमध्येमा १ हजार ९०२ जना दोस्रो डोज लगाउन छुटेका थिए । त्यही छुटेकालाई दोस्रो डोज खोप लगाइदैछ ।

स्वास्थ्य कार्यालयले जेठ १३ र १४ गते विपी चोकदेखि पश्चिमतर्फ रहेको नेपालगन्ज हेल्थ पोष्टमा दोस्रो डोजको खोप लगाउन थालेको हो ।

नेपालमै सबै भन्दा बढी कोरोना महामारीसँग जुझिरहेको बाँके जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मान्छे मरिरहँदा बाँकेका जनस्वास्थ्य प्रमुख शाहले उक्त कोभिड भ्याक्सिन लगाउन छाडेर दराजमा लुकाएर राखेको स्वीकारेका थिए ।

यो पनि पढ्नुहोस्

बाँकेमा कोरोना महामारीः जनस्वास्थ्य प्रमुखले लुकाएर राखे २३३८ थान कोभिशिल्ड भ्याक्सिन