नेपालगन्ज २६ जेठ : कोरोना भाइरस संक्रमणबाट विश्व आक्रान्त बनिरहेका बेला अमेरिकाको वासिङ्टन राज्यले नयाँ तरकिप ल्याएकोछ । त्यो हो कोराना विरुद्धको खोप लगाउने नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिने ।
सुन्दा झट्ट आश्चार्य लाग्ने तर सत्य । अमेरिकाको वासिङ्टन राज्यले कोरोना भाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम ल्याएको हो ।
सोमबार घोषणा भएको उक्त कार्यक्रमको नाम ‘जोइन्ट्स फर ज्याब्स’ राखिएको छ । यसबाट युवाहरू कोरोना खोप लगाउन उत्प्रेरित हुने आशा गरिएको छ । खोप लगाउँदा गाँजा खान पाइने कार्यक्रम जुलाई १२ सम्म लागु हुनेछ ।
वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत छन् ।
खोप लगाउनेलाई यस्ता विभिन्न उपहार योजना यसअघि अमेरिकाका अरू राज्यले पनि ल्याएका थिए । एरिजोनामा पनि कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो । केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् भने केहीले लाखौं डलरको चिठ्ठा राखेका छन् ।
अमेरिका मध्ये अप्रिलदेखि मानिसहरूले कोरोना भाइरसविरूद्धको खोप लगाउने क्रम ओरालो लागेको हो । मानिसहरूलाई खोप लगाउन उत्प्रेरित गर्न राज्यको पैसाबाट यस्ता कार्यक्रम ल्याउन केन्द्र सरकारले नै अनुमति दिएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?