नेपालगन्ज ३ असार : नेपाल भलिबल संघ (एनभिए) ले होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राईलाई महिला राष्ट्रिय भलिबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।
संघले सोमबार साँझ मात्रै प्रशिक्षक राईलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । प्रशिक्षक राई महिला भलिबल खेलाडी उत्पादनको गर्ने प्रशिक्षकको रुपमा चिनिन्छन् ।
उनले नै उत्पादन गरेका कुनै समयका चर्चित स्पाइकर रमिला तण्डुकारसँगै प्रतिभा माली, रेश्मा भण्डारी, सलिना श्रेष्ठ र कृपा अधिकारीले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।
तण्डुकार अमेरिकामा रहँदा अन्य खेलाडी अहिले पनि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका छन् । अहिले उनकै एकेडेमीका कृपा र रेश्मासहित ८ खेलाडी बन्द प्रशिक्षणमा छन् ।
बालमिका आचार्य, झरना श्रेष्ठ, रिमा कुँवर र रिया कुँवर पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका छन् । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले पनि पछिल्लो समय डायमण्डबाटै खेलिरहेकी छिन् ।
प्रशिक्षक राईले २०६४ जेठ ५ गते विधिवत रुपमा महिला भलिबल टोलीको प्रशिक्षण सुरु गरेका थिए । त्यसयता विद्यालयस्तर हुँदै राष्ट्रियस्तरसम्म उनको प्रशिक्षणमा डायमण्डले खेल्दै आएको छ । यो अवधिका डायमण्डले थुप्रै उपाधि जितिसकेका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?