न्याय माग्न हाईकोर्ट जान्छौं : संघ अध्यक्ष केसी


न्याय माग्न हाईकोर्ट जान्छौं : संघ अध्यक्ष केसी

File Photo

नेपालगन्ज ६ असार : भेरी अस्पताल नेपालगन्जका चिकित्सक र स्टाफ नर्समाथि सांघातिक आक्रमण गर्नेलाई कारबाही गराउन हाईकोर्टमा मुद्दा दर्ता गरिने भएकोछ ।

नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीले अस्पतालजस्तो संवेदनशिल क्षेत्रमा चिकित्सक र स्टाफ नर्स लगायतमाथि भएको सांघातिक आक्रमणका दोषी जनही ५० हजार धरौटीमा छुटेको भन्दै न्यायका लागि हाईकोर्ट धाउने बताएकी हुन् ।

बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल ईजलासले चिकित्सक र स्टाफनर्समाथि आक्रमण गर्ने तीनैजनालाई जनही ५०÷५० हजार धरौटी बुझाएर छोडेकोछ ।

सेतोखरीसंग कुरा गर्दै नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष केसीले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा भएको घटनाप्रति अदालतबाट यस्तो आदेश आउने कल्पना गरेकी थिइन् ।’ उनले भनिन–‘अदालतको आदेश न्यायोचित भएन, न्यायका लागि हामी हाइकोर्ट जान्छौं ।’

Kids Festival 2022
kanti aarogya hospital

उनले भनिन्–‘मुखले फ्रन्टलाइनर भन्ने र ब्यवहारमा अर्कै पाइयो । यो आदेशले स्वास्थ्यकर्मीको मनोबल गिराउने काम गरेकोछ । अपराधीहरुलाई प्रोत्साहन गरेकोछ ।’
सेतोखरीसंग कुरा गर्दै अध्यक्ष केसीले अगाडी थपिन्–‘कोभिड–१९ अनुसारको समेत कारबाही भएन । शक्ति र शक्तामा रहेकाले जे पनि गरे हुन्छ भन्ने यसले प्रमाणित गरेकोछ ।’

उनका अनुसार भोली(सोमबार) नै अस्पतालका कानूनी सल्लाहकारसंग परामर्श गरि न्यायका लागि हाइकोर्ट जाने बताईन ।

गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि आक्रोशित बनेका मृतकका भाई र छोराहरु मानबहादुर रावतस, भरत रावत र लोकराज रावतलले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत चिकित्सक र स्टाफ नर्सहरूमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए ।

घटनाको चौतर्फी भत्र्सना भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले घटनाको ५ दिनपछि २५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो ।

छानविन समितिले भेरी अस्पतालका चिकित्सक र स्टाफ नर्समाथि सांघातिक आक्रमण भएको ठहर गर्दै दोषीलाई कारबाही गरिनुपर्ने भन्दै प्रतिबेदन बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाएको थियो ।

भेरी अस्पतालमा भएको घटनाका दोषिलाई कारबाहीका लागि संघले लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला आयोग र राष्ट्रपति समक्ष ध्यानाकर्षण पत्र समेत पेश गरिसकेकोछ ।

यो पनि पढ्नुहोस् ।

डाक्टर र नर्स कुटपिट गर्नेे ५० हजार धरौटीमा छुटे