कोपा अमेरिका : अर्जेन्टिनाले जित्दा डोल्पामा खुशीयाली 


सेतोखरी सेतोखरी   आइतबार, असार २७, २०७८
कोपा अमेरिका : अर्जेन्टिनाले जित्दा डोल्पामा खुशीयाली 

अर्जेन्टिनाले ब्राजिललाई जितेपछि खुशीले रमाउँदै डोल्पामा समर्थकहरु ।

 

 

नेपालगन्ज : कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेपछि नेपालको दुर्गम जिल्ला डोल्पामा खुशीयाली छाएको छ । नेपाली समय अनुसार आज आइतबार विहान भएको फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोलले हराएको थियो ।

अर्जेन्टिनाले विजय हात पारेपछि डोल्पामा विजय जुलुस निकालिएको छ । डोल्पामा सन्तोष खड्का र बालकृष्ण डाँगीको नेतृत्वमा विजय जुलुस निस्किएको थियो । डोल्पामा युवाहरु भेला भएर विजय जुलुस निकालिएको अर्जेन्टिनाका कडा समर्थक सन्तोष खड्काले बताए । ब्राजिलका तर्फबाट फर्काइएको गोल अफसाइड भएको थियो ।

अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ब्राजिलमा भएको ४७ औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपाको उपाधि जितेको हो । २८ वर्षमा अर्जेन्टिनाले जितेको यो कुनै पनि ठूलो उपाधि समेत हो ।

 

Kids Festival 2022
kanti aarogya hospital
add