नेपालगन्जमा भित्रियो ‘होण्डा ग्राजिया’


नेपालगन्जमा भित्रियो ‘होण्डा ग्राजिया’

होण्डा ग्राजियाको स्कुटर सार्वजनिक गरिदैं । तस्विर : विजय मल्ल /सेतोखरी

नेपालगन्ज ४ साउन : नेपालगन्जका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता यज्ञलक्ष्मी अटो डिस्ट्रीब्युटरले सोमबार होण्डा ग्राजियाको बिएसभिआई मोडल सार्वजनिक गरेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरी ‘चुन्ना’, नविल बैंक नेपालगन्जका म्यानेजर ओमकार काफ्ले तथा यज्ञलक्ष्मी अटो डिस्ट्रीब्युटरका सञ्चालक रविन्सन श्रेष्ठले एक कार्यक्रमकाबीच सामुहिकरुपमा होण्डा ग्राजिया विएसभिआई मोडलको स्कुटर सार्वजनिक गरे ।

कम्पनीले आकर्षक र स्टाइलिस लुक रहेको भनेको १२५ सिसी क्षमताको बिएसभिआई मोडलमा व्यवहारिक फिचरहरू थप गरिएको बताइएको छ ।

१५५ एमएमदेखि १७१ एमएम ग्राउण्ड क्लियरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको यद्यलक्ष्मीका म्यानेजर मोहन केसीले जानकारी दिए ।सहरी डिजाइनमा आधारित होण्डा ग्राजियामा आकर्षक र स्टाइलिस लुक रहेको छ । जसले आधुनिक स्कुटरलाई पूर्णरुपमा रि–डिफाइन गर्न सफल भएकोे केसी बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

एलइडी हेडल्याम्पयुक्त यस स्कुटरमा १२५ सिसी इन्जिन रहेको छ । होण्डा इको टेक्नोलोजीको प्रयोगका कारण यस स्कुटरमा बढी माइलेज र पावर हुनुका साथै एक सय ९० एमएम फ्रन्ट डिस्क ब्रेक भएको म्यानेजर केसीले जानकारी दिए । 

उनका अनुसार २ लाख ६९ हजार ९ सय मूल्य पर्ने ग्राजिया फाइनान्समा खरिद गर्न सकिने छ । जसका लागि वेष्टर्न बचत तथा ऋण सहकारी र टकसार बचत तथा ऋण सहकारीसंग फाइनान्स गर्न सकिनेछ ।

यस फिचर अन्तर्गत स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टी जस्ता जानकारी प्राप्त गर्न सकिनेछ ।

होण्डा ग्राजिया भारतीय बजारमा गत कात्तिक महिनामा लञ्च भएको थियो । सुरुको २१ दिनको अवधिमै १५ हजार ग्राजिया बिक्री भएर नयाँ रेकर्ड कायम गरेको थियो ।

होण्डाले स्टाइलिस र पर्पmर्मेन्स मन पराउने ग्राहकका लागि यो सेगमेन्टकै आक्रर्षक फिचर र स्टाइल भएको स्कूटर भएका कारण धेरैले मन पराएको दावी गरेको थियो । तर, अहिले यसप्रति युवाको आक्रर्षणमा कमिआएको जस्तो देखिन्छ ।

अटोमेटिक एलईडी हेडलाइट भएको यो पहिलो स्कूटर हो । त्यसैगरी, थ्री स्टेप ईको स्पीड इन्डिकेटर छ, जसका कारण आवश्यकताअनुसारको स्पीड लिन सकिन्छ र माइलेज बढाउँछ । सिट ओपन गर्नका लागि ‘फोर इन वान लक’ छ । त्यसैगरी, यसमा अल–डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टर र स्मार्टफोन चार्ज गर्न मिल्ने फ्रन्ट पकेटसमेत छ ।

होण्डाको एक्टिभामा प्रयोग गरिएको १२५ सीसी एयरकुल्ड फोर स्ट्रोक इञ्जिन नै यसमा पनि प्रयोग गरिएको छ । यसले ८.५२ बीएचपी पावर र १०.५४ एनएम टर्क प्रदान गर्छ । यसको ह्वील बेस १,२६० एमएम छ । यो सेल्फ र किक दुवै तरिकाले स्टार्ट गर्न सकिन्छ । नेपाली बजारमा होण्डा ग्राजियाको बिक्री–वितरण डेढ महिना अघिबाट शुरु भएको हो ।