नेपालगन्ज १४ साउन : जल तथा मौसम विज्ञान विभागले अबको ४ दिन भारी वर्षा हुने जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले अबको ४ दिन देशभर मौसममा परिर्वतन आई भारी वर्षा हुने जनाएको हो ।
महाशाखाका अनुसार अबको वर्षा सुदूरपश्चिम र कर्णाली केन्द्रित हुने भएकाले महाकाली र कर्णाली नदीसहित यसका सहायक नदीमा बाढीको बहाव बढ्ने सम्भावना रहेको जनाएको छ । भने देशका पूर्व र पश्चिम भेगमा औसत वर्षा हुनेछ ।
पश्चिम केन्द्रित भए पनि प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पनि तीन–चार दिन भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएकोछ ।
महाशाखाले मनसुनी वायु पूर्वी भेगबाट नेपाल भित्रने भएकाले पूर्वी र मध्य भेगमा वर्षाको क्रम पश्चिमको तुलनामा बढी भएको अनुमान गरिएको जानकारी दिएको छ ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?