अबको चार दिन भारी वर्षा हुने


अबको चार दिन भारी वर्षा हुने

नेपालगन्ज १४ साउन : जल तथा मौसम विज्ञान विभागले अबको ४ दिन भारी वर्षा हुने जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले अबको ४ दिन देशभर मौसममा परिर्वतन आई भारी वर्षा हुने जनाएको हो ।

महाशाखाका अनुसार अबको वर्षा सुदूरपश्चिम र कर्णाली केन्द्रित हुने भएकाले महाकाली र कर्णाली नदीसहित यसका सहायक नदीमा बाढीको बहाव बढ्ने सम्भावना रहेको जनाएको छ । भने देशका पूर्व र पश्चिम भेगमा औसत वर्षा हुनेछ ।

पश्चिम केन्द्रित भए पनि प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पनि तीन–चार दिन भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

महाशाखाले मनसुनी वायु पूर्वी भेगबाट नेपाल भित्रने भएकाले पूर्वी र मध्य भेगमा वर्षाको क्रम पश्चिमको तुलनामा बढी भएको अनुमान गरिएको जानकारी दिएको छ ।