बाँकेकी सन्ध्या शाह एनआरएनए अष्ट्रेलियाको सचिवमा निर्वाचित


बाँकेकी सन्ध्या शाह एनआरएनए अष्ट्रेलियाको सचिवमा निर्वाचित

नेपालगन्ज १८ साउन : बाँकेकी सन्ध्या शाह गैह्र आबासीय नेपाली संघ, अष्ट्रेलियाको सचिव पदमा निर्वाचित भएकीछन् ।

हालै भएको निर्वाचनले शाह अत्यधिक मत प्राप्त गर्दै सचिव जस्तो पदमा निर्वाचित बन्न पुगेकी हुन् । उनले कुल ८१२२ मत पाउँदै सचिव पदमा जित हाँसिल गरिन् ।

बाँकेको नेपालगन्ज निवासी शाह विगत लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएकी छन् । नेपालगन्जमा रहेर लामो समयसम्म पत्रकारिता गरेकी शाह अष्ट्रेलियामा रहेपनि नेपाल र नेपालगन्जप्रतिको आफ्नो भूमिका निभाउन हरदम अग्र स्थानमा रहदै आएकी छन् ।

अष्ट्रेलियामा रहेर पनि बाँकेप्रतिको लगाव अझैँ उच्च रहेको शाहले भूकम्प जाँदा होस् वा बाढीपहिरो पीडित, कोरोना संक्रमणबाट ग्रसित न्यून आर्थिक अवस्था भएका परिवारका लागि सहयोग गर्दै र जुटाउँदै आएकी छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

एनआरएन अष्ट्रेलियाको सचिव जस्तो पदमा निर्वाचित भएकी शाहले सम्पूर्ण मतदाता, शुभेच्छुकहरुलाई धन्यवाद प्रकट गरेकीछन् । सेतोखरीसंग कुरा गर्दै सचिव शाहले भनिन्–‘एनआरएनए अष्ट्रेलियाको आगामी कार्यकालको लागी मलाई नेतृत्व तहमा पु¥याई मलाई साथ, सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्दछु । यो एउटा चुनावी प्रकृया मात्रै हो, समाज सेवाको लागी अगाडी सर्नु हुने सम्पूर्ण बिजेता, उप बिजेताहरु प्रती मेरो उच्च सम्मान छ ।’

उनले अगाडी थपिन्–‘म सँग निर्वाचनमा भाग लिनु भएका मेरो सहकर्मी साथी, तथा सम्पूर्ण युवाहरुको सारथी तिर्थराजकार्की जी, यो दौरानमा हामी पहिलो र दोस्रो मात्रै भएका हौ, समाजमा तपाईंले दिनु भएको योगदान नेपाली समुदायले कदर गरेको छ । आगामी दिनमा हामी समुदायको लागी र एनआरएनको यात्रामा सँगै काम गर्नेछौ भन्ने आशा ब्यक्त गर्दछु ।’

‘यहाँहरुको उद्देश्य सस्थालाई साझा र सबल बनाउनु पर्छ भन्ने हो । साझा टिमको उद्देश्यलाई सधैं पूर्ण बनाउन अग्रसर भूमिका खेल्नु हुने सम्पूर्ण अग्रज प्रती मेरो उच्च सम्मान रहेको छ र रहने छ । यो अभियानमा साथ दिने हरेक राज्यका साझा टिमलाई पनी मेरो बिशेष धन्यबाद छ’ उनले अगाडी थपिन् –‘म एनआरएनए स्थापनाको मूल उद्देश्यमा दत्तचित्त भएर लाग्नेछु । यसको ओज, गरिमा र उद्देश्यबाट विचलित नहुने भन्दै सफल नेतृत्वको भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्छु ।’

अहिले अष्ट्रेलियामा कोभिड डेल्टा भाईरसको संख्या बढे सँगै केही राज्यहरु लकडाउनमा छन् यस्तो अवस्थामा घरमै बसेर र आवश्यक अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न शाहले आग्रह गरिन् ।

एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा नन्द गुरूङ बिजयी भएका छन् । अध्यक्ष पदमा गुरूगङसंग डाक्टर ज्ञानेन्द्र रेग्मीले प्रतिस्पर्धा गरेपनि उनी पराजित भए ।

यस्तै महासचिव पदमा राजुबाबु अधिकारी विजयी भए । वेष्र्टन अष्ट्रेलिया ओमेन कोर्डिनेटर रत्ना गौतम(नेपालगन्ज), जनरल सेक्रटरी प्रमेश केसी(नेपालगन्ज), आइसीसी मेम्बर नविन भण्डारी, आइसिसी सदस्यहरुमा बुद्धि डल्लाकोटी, पर्शुराम अधिकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल, सूर्य आचार्य, प्रवेशराज घिमिरे विजयी भएका छन् ।

त्यसैगरि कार्यसमिति सदस्यहरूमा अशोक उप्रेती, रामजी बस्नेत, राजु गिरी, दामोदर अधिकारी, कृष्ण सुवेदी, कमल भण्डारी, महेश भट्टराई, बिशाल पोखरेल, विवेक क्षेत्री, रमेश अधिकारी, ध्रुब पोखरेल र अनुप थापा निर्वाचित भएका छन् । अध्ययन तथा विभिन्न कारणले अष्ट्रेलियाको विभिन्न राज्य र क्षेत्रमा पुगेका नेपालीको संख्या ठूलो छ ।