नेपालगन्ज १९ साउन : नेपालले २०१८ को मार्चमा ओडिआई स्ट्याटस पाएकै दिन आज नेपाली क्रिकेट जगतका लिजेण्ड पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेकाछन् ।
राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन् ।
नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने बताएकाछन् । अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गिए पनि नेपाली क्रिकेटको लागि आफ्नो सपना अझै पनि बामे सर्दै गरेको उनले बताएका छन् ।
सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरे खड्का यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनी सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरे । खड्काले राष्ट्रिय टिमको क्याप्टेनबाट १५ अक्टोबर २०१९ मा राजीनामा दिएका थिए । उनकै कप्तानीमा नेपाली क्रिकेटको उल्लेख्य प्रगति भएको थियो ।
सन् २०१० मा नेपाललाई डिभिजन ५ को उपाधि दिलाउँदा देखि २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) राष्ट्रको मान्यता पाउँदासम्म पारसको भूमिका महत्वपूर्ण रह्यो । पारसले नयाँ चुनौती सामना गर्दै नेपाली टिमलाई एक दशकसम्म निरन्तर नेतृत्व दिए । उनले एक दशक कप्तानी गर्दै २०१९ मा उक्त पदबाट राजीनामा दिएका थिए ।
पारसले आफूलाई नेपाली क्रिकेटमै सम्भवत सबैभन्दा उत्कृष्ट खेलाडी सावित गरेका छन् । उत्कृष्ट कप्तान, नेपाली क्रिकेटको पोष्टर ब्वाइ अनि क्रिकेटर मात्र नभए सेलिब्रिटी खेलाडीको पहिचान समेत बनाएका पारसको सन्याससँगै नेपाली क्रिकेटको एउटा युगकै अन्त्य भएको छ ।
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ