गौरिकाको कोखामा ओलम्पिकको रिङको ट्याटू


गौरिकाको कोखामा ओलम्पिकको रिङको ट्याटू

नेपालगन्ज २६ साउन : चर्चित पौडी खेलाडी गौरिका सिंहले आफ्नो शरीरमा ओलम्पिकको रिङको ट्याटू खोपेकी छिन् । सामाजिक सञ्जालमा ट्याटू खोपेको भिडियो सेयर गर्दै गौरिकाले राम्रो ट्याटू बनाइदिएकोमा खुसी व्यक्त गरेकी छन् ।

हालै मात्र सम्पन्न टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी गौरिकाले प्रतियोगिता लगत्तै ट्याटू बनाएकी हुन् । जापानको टोकियोमा आयोजना भएको ३२ औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

टोकियो एक्वेटिक सेन्टरमा भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उनले एक मिनेट ११ मिलिसेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि उनको नाममा १ः ००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए । जसमा उनी तेस्रो स्थानमा रहिन् ।