नेपालगन्ज २६ साउन : चर्चित पौडी खेलाडी गौरिका सिंहले आफ्नो शरीरमा ओलम्पिकको रिङको ट्याटू खोपेकी छिन् । सामाजिक सञ्जालमा ट्याटू खोपेको भिडियो सेयर गर्दै गौरिकाले राम्रो ट्याटू बनाइदिएकोमा खुसी व्यक्त गरेकी छन् ।
हालै मात्र सम्पन्न टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी गौरिकाले प्रतियोगिता लगत्तै ट्याटू बनाएकी हुन् । जापानको टोकियोमा आयोजना भएको ३२ औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।
टोकियो एक्वेटिक सेन्टरमा भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उनले एक मिनेट ११ मिलिसेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि उनको नाममा १ः ००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।
गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए । जसमा उनी तेस्रो स्थानमा रहिन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’