नेपालगन्ज ११ भदौ : आगामी भदौ १६ गतेदेखि निजामती कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता हुने भएकोछ । निजामती सेवा दिवसका अवसरमा कर्मचारी मिलन केन्द्र बाँकेले ब्यामिन्टन प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
प्रतियोगितामा जिल्लामा रहेका विभिन्न कार्यालयका निजामती कर्मचारीबिच प्रतिस्प्रर्धा गराइनेछ ।
भदौ १६ गतेदेखि २० गतेसम्म विहान साढे ६ बजेदेखि ९ बजेसम्म हुने उक्त प्रतियोगिताका लागि भदौ १४ गतेसम्म ईच्छुक प्रतियोगीले आफ्नो नाम टिपाउन सक्नेछन् । जसका लागि एक टिममा दुई जना सहभागिता रहने छ भने टिममा नाम दर्ता गरिनुपर्ने हुन्छ ।
यस्तै प्रतियोगितामा सहभागि हुने प्रति टिमले ५ सय रुपैयाँ दर्ता शूल्क तिर्नुपर्ने हुन्छ भने रैकेट र युनिफार्मको व्यवस्था स्वयम सहभागिले गर्नुपर्ने प्रतियोगिता संयोजक एबम कुखुरा विकास फार्म खजुराका प्रमुख डाक्टर शंकर न्यौपानेले जानाकरी दिए ।
प्रतियोगिता संयोजक डाक्टर न्यौपानेका अुसार प्रतियोगिता सञ्चालन हुने स्थान पछि जानकारी गराइने भएकाले निजामती सेवा दिवसका अवसरमा हुने प्रतियोगितामा भाग लिन सबै निजामी कर्मचारीलाई आह्वान गरे ।
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं