नेपालीले खोले अमेरिकामा टिभी, दैनिक २ घण्टा कार्यक्रम प्रशारण हुने


नेपालीले खोले अमेरिकामा टिभी, दैनिक २ घण्टा कार्यक्रम प्रशारण हुने

न्यूयोर्क (अमेरिका) १५ भदौ : नेपाली मिडियाकर्मीहरुको पहलमा अमेरिकामा टिभी सन्डेको उद्घाटन भएको छ । आइतबार न्यूयोर्कमा दक्षिण एसियाली र अमेरिकी समुदायलाई अमेरिकी मूलधारसँग निकट गराउने उदेश्यले टिभी सन्डेको उद्घाटन भएको हो ।

टिभी सन्डेको मुख्य कार्यालय न्यूर्योकको फोरेष्ट हिलटावरमा रहेको छ भने यसका शाखा कार्यालयहरु लण्डन, दोहा, मेलबर्न र काठमाडौँमा रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

टिभीमा सुरुवाती चरणमा दैनिक २ घण्टा कार्यक्रम प्रशारण गरिने टिभीका प्रधान सम्पादक तथा प्रस्तोता किरण मरहठ्ठाले जानकारी दिए । उनले समय क्रमसँगै टिभीको समयसीमा बढाउने जानकारी दिए । अहिले वेभ स्टिमीङमार्फत टिभी प्रशारण हुने र विस्तारै केबुलमार्फत प्रशारण गरिने लक्ष्य रहेको मरहठ्ठाले बताए ।

न्यूर्योक डिष्टिक ३८ का एसेम्बलीवेमेन जेनिफर राजकुमारले टिभी सन्डेले अमेरिकाका मुलधारका सञ्चारमाध्यम सरह सफलता पाउने कुरामा आफू विश्वस्त रहेको र यसका लागी आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।