न्यूयोर्क (अमेरिका) १५ भदौ : नेपाली मिडियाकर्मीहरुको पहलमा अमेरिकामा टिभी सन्डेको उद्घाटन भएको छ । आइतबार न्यूयोर्कमा दक्षिण एसियाली र अमेरिकी समुदायलाई अमेरिकी मूलधारसँग निकट गराउने उदेश्यले टिभी सन्डेको उद्घाटन भएको हो ।
टिभी सन्डेको मुख्य कार्यालय न्यूर्योकको फोरेष्ट हिलटावरमा रहेको छ भने यसका शाखा कार्यालयहरु लण्डन, दोहा, मेलबर्न र काठमाडौँमा रहेका छन् ।
टिभीमा सुरुवाती चरणमा दैनिक २ घण्टा कार्यक्रम प्रशारण गरिने टिभीका प्रधान सम्पादक तथा प्रस्तोता किरण मरहठ्ठाले जानकारी दिए । उनले समय क्रमसँगै टिभीको समयसीमा बढाउने जानकारी दिए । अहिले वेभ स्टिमीङमार्फत टिभी प्रशारण हुने र विस्तारै केबुलमार्फत प्रशारण गरिने लक्ष्य रहेको मरहठ्ठाले बताए ।
न्यूर्योक डिष्टिक ३८ का एसेम्बलीवेमेन जेनिफर राजकुमारले टिभी सन्डेले अमेरिकाका मुलधारका सञ्चारमाध्यम सरह सफलता पाउने कुरामा आफू विश्वस्त रहेको र यसका लागी आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही