न्यूयोर्क (अमेरिका) १८ भदौ : अमेरिकाको न्यूयोर्कमा बाढीबाट एकजना १९ महिने बालकसहित तीन नेपालीको मृत्यु भएको छ ।
ज्यान गुमाउनेहरु एकै परिवारका रहेका छन् । भीषण वर्षा र बाढीका कारण मृत्यु हुनेमा तीनजना नेपाली रहेको पुष्टि त्यहाँस्थित प्रहरीले गरेको छ । न्यूयोर्कको क्वीन्स उडसाइड ६४ स्ट्रिटमा रहेको घरमा उनीहरु मृत फेला परेका हुन् ।
ज्यान गुमाउनेमा २० वर्षीया मिङ्मा शेर्पा, ४९ वर्षीय आङगेलु लामा र १९ महिने बालक लोप्साङ लामा रहेका छन् । उनीहरु बस्दै आएको बेसमेन्ट अपार्टमेन्टमा बाढी पसेको थियो । उनीहरुले तेश्रो तल्लामा बस्ने एक महिलालाई बेलुका साढे ९ बजेतिर अत्तालिँदै फोन गरेको खुलेको छ ।
मिङ्माले आत्तिएर पानी पसिरहेको बताउँदा तेश्रो तल्लामा बस्ने महिलाले आफू बसेको तेश्रो तल्लामा आउन भनेकी थिइन् । उनीहरुको कोठामा झ्यालबाट पानी पसेको थियो । प्रहरी घटनास्थलमा पुग्दा उनीहरु मृत अवस्थामा भेटिएका थिए ।
झण्डै डेढ दशकदेखि अमेरिकामा बस्दै आएका उनीहरु सबैजना सोलुखुम्बुको जुनबेंसीकाका रहेको बुझिएकोछ ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल