न्यूयोर्कमा बाढी : १९ महिने बालकसहित तीन नेपालीको मृत्यु


न्यूयोर्कमा बाढी : १९ महिने बालकसहित तीन नेपालीको मृत्यु

न्यूयोर्क (अमेरिका) १८ भदौ : अमेरिकाको न्यूयोर्कमा बाढीबाट एकजना १९ महिने बालकसहित तीन नेपालीको मृत्यु भएको छ ।

ज्यान गुमाउनेहरु एकै परिवारका रहेका छन् । भीषण वर्षा र बाढीका कारण मृत्यु हुनेमा तीनजना नेपाली रहेको पुष्टि त्यहाँस्थित प्रहरीले गरेको छ । न्यूयोर्कको क्वीन्स उडसाइड ६४ स्ट्रिटमा रहेको घरमा उनीहरु मृत फेला परेका हुन् ।

ज्यान गुमाउनेमा २० वर्षीया मिङ्मा शेर्पा, ४९ वर्षीय आङगेलु लामा र १९ महिने बालक लोप्साङ लामा रहेका छन् । उनीहरु बस्दै आएको बेसमेन्ट अपार्टमेन्टमा बाढी पसेको थियो । उनीहरुले तेश्रो तल्लामा बस्ने एक महिलालाई बेलुका साढे ९ बजेतिर अत्तालिँदै फोन गरेको खुलेको छ ।

मिङ्माले आत्तिएर पानी पसिरहेको बताउँदा तेश्रो तल्लामा बस्ने महिलाले आफू बसेको तेश्रो तल्लामा आउन भनेकी थिइन् । उनीहरुको कोठामा झ्यालबाट पानी पसेको थियो । प्रहरी घटनास्थलमा पुग्दा उनीहरु मृत अवस्थामा भेटिएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

झण्डै डेढ दशकदेखि अमेरिकामा बस्दै आएका उनीहरु सबैजना सोलुखुम्बुको जुनबेंसीकाका रहेको बुझिएकोछ ।