तस्विर सौजन्य : जयनारायण शाह
नेपालगन्ज २४ भदौ : बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले हराएको हो ।
दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि सबिता राना र प्रिती राईले डेब्यू गोल गरिन् । पहिलो हाफमा नेपालले बंगलादेशमाथि २–० गोलको अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा नेपालले गोल खायो ।
नेपालका लागि सबिता रानाले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । सबिताले खेलको १४औँ मिनेटमा बिमलाको क्रसमा गोल गरेकी थिइन् ।
त्यस्तै खेलको २२औँ मिनेटमा प्रितीले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् । उनले सरु लिम्बुको पासमा गोल गरेकी हुन् ।
८३औँ मिनेटमा बंगलादेशकी टोहुरा खातुनले गोल गरेपनि हार टार्न सकेन ।
आजको मैत्रीपूर्ण खेलबाट मिडफिल्डर प्रिती राई र फरवार्ड सबिता रानाले राष्ट्रिय टिममा डेब्यु गरिन् ।
एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलेको हो । दुई टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?