धादिङका मनोज ‘गोर्खाली’द्वारा आईसिसिको युवा संयोजकमा उम्मेदवारी घोषणा


धादिङका मनोज ‘गोर्खाली’द्वारा आईसिसिको युवा संयोजकमा उम्मेदवारी घोषणा

नेपालगन्ज २६ भदौ : आगामी अक्टोबर २३–२५ मा हुने एनआरएनको केन्द्रिय अधिबेशनका लागि धादिङका मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले आफ्नो उम्मेदवारी घोषणा गरेकाछन् । एनआरएनएको मध्यपूर्व उपसंयोजकको भुमिकामा रहेका ‘गोर्खाली’ ले एनआरएनएको केन्द्रिय अधिबेशनमा आफ्नो उम्मेदवारी आईसिसिको युवा संयोजकमा रहने बताएका हुन् ।

युवा सामाजिक अभियन्ताको रुपमा परिचित धादिङ घर भई विगत लामो समयदेखि युएई बस्दै आएका ‘गोर्खाली’लाई एनआरएनएमा सक्रिय र होनहार ब्यक्तिका रुपमा चिनिन्छ ।

‘सुरक्षित वैदेशिक रोजगार र युवा उद्यमशीलता एनआरएनएमार्फत पूरा गर्ने मेरो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ आफुले युवा संयोजकमा उम्मेदवारी दिन लागेको सेतोखरीलाई गोर्खालीले बताए ।

नेपालमा हुने विपतमा सधैं अग्रसर रहने ‘गोर्खाली’ नेपाल र विदेशमा रहेका युवाहरु बीच परिचित नाम हो । गोर्खाली हाल मध्यपूर्व उपसंयोजक, एनआरएनए स्पोर्टस एकेडेमी ब्यवस्थापन निर्देशक, समाजसेबी र सफल ब्यवासायीसमेत हुन । उनले एनआरएनएमा बिगतको लामो समयदेखि गरेका कामहरु असंख्या रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोभिडको महामारीमा दुबईमा अलपत्र परेका नेपालीहरुलाई ज्यानको पर्वाह नगरि घर–घर, कोठा–कोठामा पुगी गोर्खालीले राहत बितरणसमेत गरेका थिए ।

कसैको ज्यान जोगाउनको लागि होस्, दुःख परेर जीविकोपार्जनमा समस्यामा परेकाको उद्दार गर्न होस् वा मृगौला पीडितको निरन्तर सहयोगमा सक्रिय गोर्खालीले चेपाङ बस्तीका घरमा टिनको छाना र उनीहरुको गाँसबासको ब्यवस्थापन गर्दै आईरहेकाछन् ।

यतिमात्र होइन कोभिडको दोस्रो लहरमा नेपाल आएर हप्तौं त्रिभुवन विमानस्थलमा बसेर मध्यपूर्व र अन्य एनआरएनए एनसिसीहरुले पठाएका अक्सिजन कन्स्टेनर र स्वास्थ्य सामाग्रीहरुलाई स्वास्थ्य मन्त्रालयदेखी प्रदेश–प्रदेशसम्म ब्यवस्थापन गर्ने काममा गोर्खाली अग्रपंक्तिमा खटिए ।

गोर्खालीको संयोजकत्वमा पर्सा जिल्लामा हावाहुरिले क्षती पुर्याएको एक हजार बढि परिवारलाई राहत बितरण समेत गरिएको थियो ।

यस्तै उनले नेपालको आठौँ राष्ट्रिय खेलकुदमा एनआरएनएले पहिलोपटक भाग लिएर १६ वटा मेडल लिन सफल हुनुमा पनि गोर्खालीको मुख्य भुमिका रहेको स्वदेश तथा विदेशमा रहेका नेपालीमाझ जगजाहेर छ । उनी स्वयम कुनै बेला नेपालको राष्ट्रिय खेलाडी रहेका थिए ।

उनको उम्मेदवारीसंगै युवाका लागी धेरै काम गरेका गोर्खाली युवा संयोजकमा निर्बिरोध हुने सम्भाबना बढेर आएको छ । गोर्खालीले एनआरएनएको मुख्य उद्देश्यमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेको बताए ।

बैदेशिक रोजगार, शिक्षा, पारिवारिक बसाई र विभिन्न उद्देश्यले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताको सुत्रमा बाँधेर एनआरएनएको मुख्य उद्देश्य ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मुख्य अभिप्रायका साथ यसपटक युवा संयोजक पदको लागि उम्मेदवारी दिएको सेतोखरीलाई जानकारी दिए ।

एनआरएनए अभियानमा बिगत लामो समयदेखिको सक्रियाता, सफलता र अनुभव सदुपयोग गर्दै आएका गोर्खाली नेपाली समुदायले आशा र भरोसाका रुपमा स्वीकार गरेको विश्वसनीय उम्मेदवार रहेकोले आफुलाई दिइएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनीय, पारदर्शी र सहभागिता मुलक ढंगले पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले भने –‘मध्यपूर्वमा ऐतिहासीक सफलता प्राप्त गरेको दक्षता, सीप, क्षमता र अनुभवलाई आईसीसि युवा संयोजकका माध्यमबाट विश्वसामु पस्कन पाउँने पूर्ण विश्वास र प्रतिवद्धतासहित उम्मेदवारी दिएको बताए ।’

गोर्खालीले नेपालको समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रर्बद्धनमा जोड दिदैँ नेपाली युवाहरुले भोग्नुपरेको समस्यालाई समाधान गर्न तत्पर रहेको बताए । सबैलाई समेट्न बाँकी नै रहेको भन्दै उनले यो अभियानलाई सार्थकता दिन सामुहिक नेतृत्वसहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउन लागेका बताए ।

उनले भने –‘सबैको साथ र सहयोगका लागी अपील गर्दछु । बिगतमा जस्तै मलाई बिश्वासा गरेर युवा संयोजकमा विजयी गराउन सबै गैरआवासीय नेपालीलाई आग्रह गर्दछु ।’