नेपालगन्ज रंगशालाभित्र आईतबार सरसफाई गरिँदै । तस्विर सौजन्य त्रिभुवन आर्मी क्लब
नेपालगन्ज २७ भदौ : मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति र नेपाली सेनाको राँझा स्थित भैरवप्रसाद गणको समन्वयमा नेपालगन्ज रंगशालाभित्र सरसफाई गरिएको छ । रंगशालाभित्र फुटबल मैदान, ट्रयाकमा उम्रिएको घाँस काटिएको छ भने प्याराफिटको सरसफाइ गरिएको छ । यो अभियान आगामी तीनदिनसम्म चल्नेछ ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने क्रममा बनेका करोडौँका संरचनाको व्यवस्थापनमा केन्द्रले बेवास्ता गर्दा रंगशालाका सबै संरचनाहरु जीर्ण हुदैँ गएकाछन् । कोरोनाको कारण देखाउँदै विगत दुई वर्षदेखि रंगशाला बन्द छ भने आर्थिक अभावले उचित मर्मत सम्भार हुनसकेको छैन ।
यसरी लामो समयदेखि प्रयोगविहीन भएको नेपालगन्ज रंगशाला सरसफाई गर्न नेपाली सेनाको राँझास्थित भैरवप्रसाद गणले तदारुक्ता देखाएपछि आईतबार मैदानको घाँस काटान गरिनुका साथै प्याराफिटको सरसफाइ गरिएको हो ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले आर्थिक अभावमा रंगशालाको पूर्ण सरसफाइ र व्यवस्थापन गर्न नसकिएको बताए । उनका अनुसार रंगशालाको सरसफाइदेखि व्यवस्थापनका लागि वार्षिक दश लाख रुपैयाँ खर्च हुन्छ । दुई वर्षदेखि बजेट नआएकाले पनि रंगशालाको सरसफाई हुननसकेको हो ।
आठौँ राष्ट्रिय खेलकुदताका फुटबल मैदानमा ३६ लाखको बर्मुडा घाँस रोपिएको थियो । तर, अहिले बर्मुडा घाँसको ठाउँमा स्थानीय जातको घाँस उम्रिएर मैदान ढाकेको थियो । भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीको सहयोगमा रंगशाला चिटिक्क पार्ने काम भएको छ । नेपाली सेनाले रंगशालाको सरसफाइदेखि मैदानको घाँस काटिरहेको छ ।
तीन दिनमा मैदान र ट्रयाकको घाँस काटिसक्ने बताइएको छ । दुई वटा मेसिनले घाँस काटिरहेको छ । घाँस काटेर खेल्न मिल्ने भएपछि खेलाडीहरुलाई अभ्यास गर्न दिने तयारी गरिएको छ । रंगशालामा फुटबल खेल्न नदिइएकाले पनि घाँस उम्रिएको हो ।
रंगशाला सरसफाईका क्रममा नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष रतन टण्डन, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाह लगायत खेल प्रशिक्षक तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’