बुटवलका मेयरलाई स्थानीय युवाले हाने मुक्का


बुटवलका मेयरलाई स्थानीय युवाले हाने मुक्का

नेपालगन्ज ४ असोज : पहिरो अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई स्थानीय एक युवाले आक्रमण गरेकाछ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर–३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकनका लागि गएका मेयर सुवेदीलाई एक युवाले मुक्का हानेका हुन् ।

पहिरो पीडितलाई सरकारले केही नगरेको आरोप लगाउँदै ती युवाले मेयरलाई मुक्का हानेका हुन् । यति लामो दिन आफूहरु विस्थापित हुँदा मेयर कहाँ थिए भनेर आक्रोश पोख्दै उनी मुक्का हान्न पुगेका थिए ।

उनीमाथि आक्रमण भएपछि तत्काल जनपथ र नगर प्रहरीले रोकेका थिए । उनलाई मुक्का प्रहार भएको स्थानीयले खिचेको भिडियोमा प्रष्ट देखिन्छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यता ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले मेयरमाथि आक्रमण भन्दा पनि स्थानीय आक्रोशित हुँदै होहल्लामात्रै भएको दावी गरे ।

यद्यपी आक्रमण गर्ने ती युवाको परिचय खुलेको छैन । उक्त क्षेत्रमा पहिरोका कारण करिब दुई दर्जन घरपरिवार प्रभावित भएका छन् ।

आफूहरु विस्थापित हुँदा समेत सरकारले नहेरेको भन्दै स्थानीय आक्रोशित बन्दै मुक्का प्रहार नै भएपछि मेयर फर्किएका थिए । सो स्थानमा पटक–पटक चुरे क्षेत्रबाट आउने पहिरोले समस्या पार्ने गरेको छ ।