अष्ट्रेलियामा कोरोना संक्रमण स्थिर, नोभेम्बर अन्तिमबाट सीमा खुल्ने


अष्ट्रेलियामा कोरोना संक्रमण स्थिर, नोभेम्बर अन्तिमबाट सीमा खुल्ने

सिड्नी (अष्ट्रेलिया) १३ असोज : कोरोनाको पहिलो र दोस्रो लहरमा टाढा रहेको अष्ट्रेलिया तेस्रो लहरको चपेटामा रुमल्लिन पुग्यो । कोरोनाको पहिलो लहरबाटै आफ्नो सबै अन्तर्राष्ट्रिय सीमा बन्द गरेर देशका नागरिकलाई कोरोना संक्रमणबाट बचाएको अष्ट्रेलियाले तेस्रो लहरबाट भने बचाउन सकेन ।

विगत तीन महिनादेखि अष्ट्रेलिया सरकारले पूर्ण लकडाउन गर्दै अन्तर्राष्ट्रिय र प्रदेश सीमा समेत बन्द गरि कोरोना भाइरसको तेस्रो लहरसंग लडिरहेको छ ।

अष्ट्रेलियामा तीन महिनादेखि संक्रमण दर उच्च हुदै गएपनि हाल एक सातादेखि भने संक्रमण दर स्थिर हुन पुगेकोछ । कोरोना संक्रमण रोक्न अष्ट्रेलियन सरकार हरेक प्रयास गरिरहेकोछ । देशका नागरिकलाई बचाउन कोरोना विरुद्धको भ्याक्सिन, स्वाब परीक्षण र उपचार अष्ट्रेलियन सरकारले तीव्र रुपमा अगाडी बढाएको जनाएकोछ । तर, मृत्यु दर भने स्थिर हुन सकेको छैन ।

अष्ट्रेलियामा दैनिक कोरोनाबाट एक दर्जन जतिको मृत्यु भइरहेको तथ्यांकले देखाएको छ । तथ्यांकलाई हेर्दा असोज ७ गते १८०७ जना नयाँ संक्रमित थपिदाँ थप १० जना संक्रमितको मृत्यु भएको पाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैगरी असोज ८ गते १७६४ संक्रमित थपिंदा १२ जना संक्रमितको मृत्यु भएकोछ, असोज ९ गते १८६४ संक्रमित थपिँदा १२ जनाको मृत्यु भयो भने असोज १० गते १७३३ संक्रमित थपिँदा ११ जनाको मृत्यु भएको पाइएको छ ।
यसैगरी असोज ११ गते १४९२ संक्रमित थपिँदा १४ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । हिजो असोज १२ गते मात्रै १८८७ संक्रमित थपिँदा ११ जनाको मृत्यु भएको पाइएकोछ ।

हाल अष्ट्रेलियामा एक लाख २ हजार ७२९ जना सक्रिय कोरोनाका संक्रमित रहेका छन् । १ हजार २७८ जनाको मृत्यु भइसकेको छ । भने ७४ हजार ७८१ निको भएका छन् ।

अष्ट्रेलियामा लकडाउन कडा पारिएको छ । अत्यावस्यक बाहेक पाँच किलोमिटर भन्दा बाहिर जान प्रतिबन्ध लगाइएको छ । यदि लकडाउन उल्लङ्घन गरे अष्ट्रेलियन सरकारले ५ हजार डलर जरिवाना तोकेकोछ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ८० प्रतिशत भ्याक्सिन लगाइसके वातावरण सहज बनाउने बताएका छन् ।

सम्भवतः २०२१ नोभेम्बर अन्तिम साताबाट अष्ट्रेलिया आवतजावत सजिलो बनाउने अष्ट्रेलियन सरकारले बताएकोछ । सबैभन्दा बढि संक्रमण अष्ट्रेलियाको सिड्नीमा रहेकोछ ।