सिड्नी (अष्ट्रेलिया) १३ असोज : कोरोनाको पहिलो र दोस्रो लहरमा टाढा रहेको अष्ट्रेलिया तेस्रो लहरको चपेटामा रुमल्लिन पुग्यो । कोरोनाको पहिलो लहरबाटै आफ्नो सबै अन्तर्राष्ट्रिय सीमा बन्द गरेर देशका नागरिकलाई कोरोना संक्रमणबाट बचाएको अष्ट्रेलियाले तेस्रो लहरबाट भने बचाउन सकेन ।
विगत तीन महिनादेखि अष्ट्रेलिया सरकारले पूर्ण लकडाउन गर्दै अन्तर्राष्ट्रिय र प्रदेश सीमा समेत बन्द गरि कोरोना भाइरसको तेस्रो लहरसंग लडिरहेको छ ।
अष्ट्रेलियामा तीन महिनादेखि संक्रमण दर उच्च हुदै गएपनि हाल एक सातादेखि भने संक्रमण दर स्थिर हुन पुगेकोछ । कोरोना संक्रमण रोक्न अष्ट्रेलियन सरकार हरेक प्रयास गरिरहेकोछ । देशका नागरिकलाई बचाउन कोरोना विरुद्धको भ्याक्सिन, स्वाब परीक्षण र उपचार अष्ट्रेलियन सरकारले तीव्र रुपमा अगाडी बढाएको जनाएकोछ । तर, मृत्यु दर भने स्थिर हुन सकेको छैन ।
अष्ट्रेलियामा दैनिक कोरोनाबाट एक दर्जन जतिको मृत्यु भइरहेको तथ्यांकले देखाएको छ । तथ्यांकलाई हेर्दा असोज ७ गते १८०७ जना नयाँ संक्रमित थपिदाँ थप १० जना संक्रमितको मृत्यु भएको पाइएको छ ।
यसैगरी असोज ८ गते १७६४ संक्रमित थपिंदा १२ जना संक्रमितको मृत्यु भएकोछ, असोज ९ गते १८६४ संक्रमित थपिँदा १२ जनाको मृत्यु भयो भने असोज १० गते १७३३ संक्रमित थपिँदा ११ जनाको मृत्यु भएको पाइएको छ ।
यसैगरी असोज ११ गते १४९२ संक्रमित थपिँदा १४ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । हिजो असोज १२ गते मात्रै १८८७ संक्रमित थपिँदा ११ जनाको मृत्यु भएको पाइएकोछ ।
हाल अष्ट्रेलियामा एक लाख २ हजार ७२९ जना सक्रिय कोरोनाका संक्रमित रहेका छन् । १ हजार २७८ जनाको मृत्यु भइसकेको छ । भने ७४ हजार ७८१ निको भएका छन् ।
अष्ट्रेलियामा लकडाउन कडा पारिएको छ । अत्यावस्यक बाहेक पाँच किलोमिटर भन्दा बाहिर जान प्रतिबन्ध लगाइएको छ । यदि लकडाउन उल्लङ्घन गरे अष्ट्रेलियन सरकारले ५ हजार डलर जरिवाना तोकेकोछ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ८० प्रतिशत भ्याक्सिन लगाइसके वातावरण सहज बनाउने बताएका छन् ।
सम्भवतः २०२१ नोभेम्बर अन्तिम साताबाट अष्ट्रेलिया आवतजावत सजिलो बनाउने अष्ट्रेलियन सरकारले बताएकोछ । सबैभन्दा बढि संक्रमण अष्ट्रेलियाको सिड्नीमा रहेकोछ ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल