सिड्नी(अष्ट्रेलिया) १५ असोज : आगामी नोभेम्बरदेखि अष्ट्रेलियाको सीमा खोलिने भएकोछ । अष्ट्रेलियाले खोप लिइसकेका मानिसका लागि सीमा खोल्ने तयारी गरेको हो । कोभिड–१९ को संक्रमणका कारण अष्ट्रेलियाको सीमा १८ महिनादेखि बन्द थियो ।
हालका लागि अष्ट्रेलियाका नागरिक र कुनै विशेष कारण भएका मानिस अष्ट्रेलियामा प्रवेश गर्न सक्छन् । विशेष कारण नदेखाइ अष्ट्रेलियाबाट बाहिर जान पनि रोक लगाइएको छ ।
कोरोनाको संक्रमण रोक्नका लागि अष्ट्रेलियाले अपनाएको यो नियमको एकातिर तारिफ भइरहेको छ भने अर्कोतर्फ यसले परिवारलाई छुट्याएको भन्दै विरोध पनि भइरहेको छ । प्रधानमन्त्री स्कट मोरिसनले ८० प्रतिशतभन्दा बढीले खोप लगाइसकेका राज्यले यात्राका लागि अनुमति पाउनेछन् ।
शुक्रबार पत्रकारलाई प्रधानमन्त्री मोरिसले भने–‘अष्ट्रेलियाली नागरिकलाई उनीहरुको पुरानो जीवन फिर्ता गरिदिने बेला भएको छ ।’ अष्ट्रेलियाको १४ दिनको होटल क्वारेन्टिनको नीति पनि क्रमश हटाइनेछ । यसको साटो खोप लगाइसकेका यात्रीले सातदिनसम्म आफ्नै घरमा क्वारेन्टिन बस्नुपर्ने हुन्छ ।
यद्यपि, धेरैजसो एयरलाइन्सले तत्कालै पूर्ण सेवा उपलब्ध गराउन नसकिने स्पष्ट पारेको छ । सिड्नी, मेलबर्न, क्यानबेरामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएपछि लकडाउन लागू गरिएको छ । यी प्रभावित क्षेत्रमा हालैका समयमा खोप अभियानलाई तीब्रता दिइएको छ ।
सिड्नी पनि समावेश न्यू साउथ वेल्स केही हप्तामा ८० प्रतिशतको सीमा पार गर्ने पहिलो राज्य बन्ने बाटोमा छ । मेलबर्न राजधानी भएको भिक्टोरिया पनि पछि छैन । तर, केही राज्य– विशेषगरी क्विन्सल्याण्ड र पश्चिमी अष्ट्रेलियाले खोप लगाउनेहरुको संख्यामा थप वृद्धि नभएसम्म सीमा बन्द राख्ने धम्की दिएको छ । यी राज्यमा कोरोना संक्रमणको दर लगभग शून्य नै छ ।
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे
च्याउ टिप्न जंगल गएका थिए कृष्ण, बाघले लग्यो ज्यान
‘बुद्ध सर्किट’मा नेपाल-भारत व्यावसायिक समझदारी
हिम्लुङ हिमपहिरो-१५ जनाको शव भेटियो, अझै एकजना वेत्तपा