अष्ट्रेलिया सीमा खोल्ने तयारीमा


अष्ट्रेलिया सीमा खोल्ने तयारीमा

सिड्नी(अष्ट्रेलिया) १५ असोज : आगामी नोभेम्बरदेखि अष्ट्रेलियाको सीमा खोलिने भएकोछ । अष्ट्रेलियाले खोप लिइसकेका मानिसका लागि सीमा खोल्ने तयारी गरेको हो । कोभिड–१९ को संक्रमणका कारण अष्ट्रेलियाको सीमा १८ महिनादेखि बन्द थियो ।

हालका लागि अष्ट्रेलियाका नागरिक र कुनै विशेष कारण भएका मानिस अष्ट्रेलियामा प्रवेश गर्न सक्छन् । विशेष कारण नदेखाइ अष्ट्रेलियाबाट बाहिर जान पनि रोक लगाइएको छ ।

कोरोनाको संक्रमण रोक्नका लागि अष्ट्रेलियाले अपनाएको यो नियमको एकातिर तारिफ भइरहेको छ भने अर्कोतर्फ यसले परिवारलाई छुट्याएको भन्दै विरोध पनि भइरहेको छ । प्रधानमन्त्री स्कट मोरिसनले ८० प्रतिशतभन्दा बढीले खोप लगाइसकेका राज्यले यात्राका लागि अनुमति पाउनेछन् ।

शुक्रबार पत्रकारलाई प्रधानमन्त्री मोरिसले भने–‘अष्ट्रेलियाली नागरिकलाई उनीहरुको पुरानो जीवन फिर्ता गरिदिने बेला भएको छ ।’ अष्ट्रेलियाको १४ दिनको होटल क्वारेन्टिनको नीति पनि क्रमश हटाइनेछ । यसको साटो खोप लगाइसकेका यात्रीले सातदिनसम्म आफ्नै घरमा क्वारेन्टिन बस्नुपर्ने हुन्छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यद्यपि, धेरैजसो एयरलाइन्सले तत्कालै पूर्ण सेवा उपलब्ध गराउन नसकिने स्पष्ट पारेको छ । सिड्नी, मेलबर्न, क्यानबेरामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएपछि लकडाउन लागू गरिएको छ । यी प्रभावित क्षेत्रमा हालैका समयमा खोप अभियानलाई तीब्रता दिइएको छ ।

सिड्नी पनि समावेश न्यू साउथ वेल्स केही हप्तामा ८० प्रतिशतको सीमा पार गर्ने पहिलो राज्य बन्ने बाटोमा छ । मेलबर्न राजधानी भएको भिक्टोरिया पनि पछि छैन । तर, केही राज्य– विशेषगरी क्विन्सल्याण्ड र पश्चिमी अष्ट्रेलियाले खोप लगाउनेहरुको संख्यामा थप वृद्धि नभएसम्म सीमा बन्द राख्ने धम्की दिएको छ । यी राज्यमा कोरोना संक्रमणको दर लगभग शून्य नै छ ।