नेपालगन्ज १६ असोज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– १ गाभरमा पाटे बाघले मान्छेलाई घेरेको छ । जंगलमा पशु चौपाया चराउन गएका स्थानीय गोठालाहरुलाई बाघले घेरेका हुन् ।
बाघबाट घेरिएका ब्यक्तिहरु आफ्नो ज्यान जोगाउन अहिले रुखमा चढि बसेको स्थानीय बासिन्दा चन्दा लामाले जानकारी दिईन् । ‘बाघले मान्छेलाई घेरेर राखेका छन्, रुखमा चढेका उनीहरुको उद्धार गरिदिनु पर्यो’ लामाले भनिन् ।
बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टरका प्रमुख उत्तम चौधरीले जंगलमा बाघ देखिएको जानकारी आएको र नेपाली सेना सहितको टोली त्यसतर्फ पठाईएको बताए । स्थानीयले चौपाया चराउन गएका ब्यक्तिलाई बाघले घेरेको जानकारी पाएपछि त्यसबारे बुझ्ने काम भइरहेको उनले बताए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार साहले यस विषयमा बुझ्न निर्देशन दिईसकेको जानकारी दिए ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग