नेपालगन्ज १६ असोज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– १ गाभरमा पाटे बाघले मान्छेलाई घेरेको छ । जंगलमा पशु चौपाया चराउन गएका स्थानीय गोठालाहरुलाई बाघले घेरेका हुन् ।
बाघबाट घेरिएका ब्यक्तिहरु आफ्नो ज्यान जोगाउन अहिले रुखमा चढि बसेको स्थानीय बासिन्दा चन्दा लामाले जानकारी दिईन् । ‘बाघले मान्छेलाई घेरेर राखेका छन्, रुखमा चढेका उनीहरुको उद्धार गरिदिनु पर्यो’ लामाले भनिन् ।
बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टरका प्रमुख उत्तम चौधरीले जंगलमा बाघ देखिएको जानकारी आएको र नेपाली सेना सहितको टोली त्यसतर्फ पठाईएको बताए । स्थानीयले चौपाया चराउन गएका ब्यक्तिलाई बाघले घेरेको जानकारी पाएपछि त्यसबारे बुझ्ने काम भइरहेको उनले बताए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार साहले यस विषयमा बुझ्न निर्देशन दिईसकेको जानकारी दिए ।
सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते
कारागारमा सुरुङ खनेर डोल्पामा भागे ८ कैदी
कोहलपुरमा ‘स्वस्थ आमा, सुरक्षित शिशु’ अभियान, २८ दिनसम्मको शिशुको उपचार निशुल्क
पत्रकारहरूमाथि धरपकड: गृहमन्त्री चुपचाप, प्रधानमन्त्रीको आदेशमा सबै पत्रकारलाई प्रहरीले छोड्यो
समाचारकक्षबाटै धमाधाम पत्रकार उठाउँदै प्रहरीको टोली
कैलालीका दिनेश कसरी बने ‘वनएक्स बेट’का मुख्य एजेन्ट?