नेपालगन्ज १७ असोज : नेपालगन्ज रंगशालामा जारी प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा न्यू डाँफे स्पोर्टस क्लव र नवदुर्गा युथ क्लव विजयी भएका छन् । न्यू डाँफेले सिटी युथ क्लव र नवदुर्गाले दंगा प्रहरीलाई पराजित गरेको हो ।
पहिलो खेलमा न्यू डाँफेले सन्देश गुरुङको ह्याट्रिकसहित सिटी युथलाई ५–० गोलले पराजित ग¥यो । एकतर्फी भएको खेलमा न्यू डाँफेले २७ मिनेटमा सन्देशको गोलबाट अग्रता लिएको थियो । ४७ र ८० मिनेटमा गोल थप्दै सन्देशले ह्याट्रिक गरे । न्यू डाँफेका दिपेन्द्रराज सिंहले ५६ र विमल बस्नेतले ६२ मिनेटमा गोल गरेका थिए ।
प्याड नभएका कारण सिटी युथ क्लव शुरुवाती केही समय दश जनामात्रै खेलेका थिए । खेलको अन्तिमतिर फेरि सिटी दश खेलाडीमै सीमित भएको थियो । सिटीका आयुश कर्माचार्य दोहोरो पहेलो कार्ड पाएपछि बाहिरिएका थिए ।
यो खेलमा न्यू डाँफेका सन्देश म्यान अफ द म्याच भए । उनलाई एन्फाका पूर्व उपाध्यक्ष गोवद्र्धनसिंह सम्झनाले ट्रफी प्रदान गरे । अर्को खेलमा नवदुर्गाले दंगा प्रहरीलाई ३–२ गोलले पराजित ग¥यो । दंगा प्रहरीले शुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । दंगाका शंकर थापाले ४ मिनेटमै गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।
प्रतिस्पर्धात्मक खेलमा नवदुर्गाका विनोद बुढाथोकीले ६ मिनेटमै गोल फर्काएर टीमलाई बराबरीमा ल्याए । बराबरी गोल फर्काएसँगै नवदुर्गा हावी भएको थियो । नवदुर्गाका प्रेमप्रकाश क्षेत्रीले १२ र नेमा हमालले १५ मिनेटमा गोल गरेका थिए । दंगाका तर्फबाट शंकर थापाले ५५ मिनेटमा अर्को गोल गरे ।
यो खेलमा नवदुर्गाका विनोद बुढाथोकी म्यान अफ द म्याच भए । उनलाई दंगा प्रहरी गणका एसपी रामप्रकाश शाहले ट्रफी प्रदान गरे ।
असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ र द्वितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र दिइने छ ।
सोमबार तीन खेल हुनेछन् । पहिलो खेल विहान ७ बजे नेपाली सेनाको भैरवप्रसाद गण, राँझाविरुद्ध युनाइटेड क्लव, दोस्रो खेल रेसिङ साहराविरुद्ध न्यू डाँफे र तेस्रो खेल रोयल नेपालगन्ज फुटबल क्लबबिरुद्ध धम्बोझी क्लबले खेल्नेछन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी