नेपालगन्ज १८ असोज : नेपालगन्ज रंगशालामा जारी प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा आयोजक रोयल नेपालगन्ज फुटबल क्लबसहित तीनवटा टिम विजयी भएकोछ । नेपालगन्ज रङ्गशालामा भएको प्रतियोगितामा आयोजक रोयल नेपालगन्ज फुटबल क्लब, नेपाली सेनाको भैरवप्रसाद गण र न्यू डाँफे विजयी भएका छन् ।
सोमबारको पहिलो खेलमा भैरवप्रसाद गणले युनाइटेड क्लवलाई ३–० गोल अन्तरले पराजित ग¥यो । भैरवप्रसादको तर्फबाट खेमराज शर्माले ५६ र ६८ मिनेट र संगम चौधरीले ६१ मिनेटमा गोल गरेका थिए ।
दोस्रो खेलमा न्यू डाँफेले सडेन डेथमा रेसिङ साहरालाई ६–५ गोलले र तेस्रो खेलमा आयोजक रोयल फुटबल क्लवले धम्बोझी क्लवलाई २–० गोलले पराजित ग¥यो ।
भैरवप्रसाद गणले एक गोलको अग्रता लिएसँगै गणपति प्रमुख सेनानी जनमत कार्की मैदानमा प्रवेश गरेका थिए । यो खेलमा आर्मीका युद्ध शाही म्यान अफ म्याच भए । उनलाई ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डनले पुरस्कृत गरे ।
दोस्रो खेलमा निर्धारित समयमा दुवै टोलीले एक÷एक गोल गरेका थिए । न्यू डाँफेका प्रेम सुनारले ७ मिनेटमै गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । रेसिङका निराजन शाहीले २३ मिनेटमा गोल गरेर बराबरी गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र गोल ट्राइबेकरमा पुग्यो ।
ट्राइबेकरमा न्यू डाँफेका तर्फबाट कृष्ण रानाभाट, सन्देश बोहरा, प्रेम सुनार, सुमन बुढाथोकी, कमल विक, सुभाष बुढाथोकीले गोल गरेका थिए भने प्रकाश बुढा र भक्तबहादुर घर्तिले गोल गर्न सकेनन् । रेसिङका तर्फबाट मनोज वली, लक्ष्मण रानाभाट, निराजन शाही, टेकेन्द्र विसी, विशाल बमले गोल गरेका थिए ।
न्यू डाँफेका किपर प्रकाश बुढा म्यान अफ द म्याच भए । उनलाई भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले पुरस्कृत गरे ।
तेस्रो खेलमा धम्बोझीका तर्फबाट भीमसेन थापाले ६ मिनेट र विशाल थापाले ५६ मिनेटमा गोल गरेका थिए । यो खेलमा रोयलका भीमसेन थापा म्यान अफ द म्याच भए । उनलाई लिला इन्टरप्राइजेजका प्रोपराइटर सविन घिमिरेले पुरस्कृत गरे ।
असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई एक लाख एघार हजार एक सय एघार रुपैया र द्वितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ । मंगलबार दुई बजे नवदुर्गा युथ क्लव र हेल्थ बिनिफिटनेस तथा चार बजे भैरवप्रसाद गण र साइनिङ स्टार युथ क्लवका बीचमा खेल हुनेछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’