भैरवप्रसाद गण र विनिफिटनेस सेमिफाइनलमा प्रवेश


भैरवप्रसाद गण र विनिफिटनेस सेमिफाइनलमा प्रवेश

नेपालगन्ज १९ असोज : प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिता अन्तरगत मङ्गलबार भएको खेलमा नेपाली सेनाको भैरवप्रसाद गण र हेल्थ विनिफिटनेस सेमिफाइनलमा प्रवेश गरेकाछन् । रोयल नेपालगन्ज फुटबल क्लबले नेपालगन्ज रङ्गशालामा आयोजना गरेको क्लबस्तरीय फुटबल प्रतियोगितामा नेपाली सेनाको भैरवप्रसाद गण र हेल्थ विनिफिटनेस सेमिफाइनलमा प्रवेश गरेको हो ।

आयोजक रोयल नेपालगन्ज फुटबल क्लब र न्यू डाँफे स्पोर्टस क्लब यसअघि सेमिफाइनलमा प्रवेश गरिसकेकाछन् । नेपाली सेनोको भैरवप्रसाद गणले साइनिङ स्टारलाई र हेल्थ विनिफिटनेसले नवदुर्गा युथ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

बाइ पाएर एकैपटक क्वाटरफाइनलमा पगेको हेल्थ विनिफिटनेसले नवदुर्गा युथ क्लबलाई ३–१ गोलले पराजित गरेर सेमिफाइनलमा पुगेको हो । हेल्थ विनिफिटनेसले २६ मिनेटमा सनम घर्तिको गोलबाट अग्रता लिएको थियो । खेलको ४१ औं मिनेटमा सनमले नै दोस्रो गोल गरे ।

विनिफिटनेसका विशाल पाण्डेले ७० औं मिनेटमा एक गोल गरे । नवदुर्गाका निर्मल चन्दले ७२ मिनेटमा जवाफी एक गोल गरेका थिए । यो खेलमा विनिफिटनेसका सनम घर्ति म्यान अफ द म्याच भए । उनलाई नेपालगन्ज उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य श्यामसुन्दर अधिकारीले पुरस्कृत गरे ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै मङ्गलबार नै भएको अर्को खेलमा नेपाली सेनाको भैरवप्रसाद गण राँझाले साइनिङ स्टार युथ क्लबलाई २–० गोलले पराजित गरेको छ । भैरवप्रसाद गणले २५ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । अनमोल कार्कीले ७० मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । यो खेलमा भैरवप्रसाद गणका भुपेन्द्र राना म्यान अफ द म्याच घोषित भए । उनलाई पत्रकार कृष्ण अधिकारीले पुरस्कृत गरेका थिए ।

असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई एक लाख एघा हजार एक सय एघार रुपैयाँ र द्वितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

आयोजकका अनुसार बुधबार २ वटा खेल हुनेछ । दिउँसो २ बजे पहिलो सेमिफाइनलमा भैरवप्रसाद गण र न्यू डाँफेबीच प्रतिस्प्रर्धा हुनेछ । भने दोस्रो खेल बेलुका ४ बजे हेल्थ विनिफिटनेस र आयोजक रोयल नेपालगन्ज फुटबलक्लब बीच हुनेछ ।