नेपालगन्ज १९ असोज : प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिता अन्तरगत मङ्गलबार भएको खेलमा नेपाली सेनाको भैरवप्रसाद गण र हेल्थ विनिफिटनेस सेमिफाइनलमा प्रवेश गरेकाछन् । रोयल नेपालगन्ज फुटबल क्लबले नेपालगन्ज रङ्गशालामा आयोजना गरेको क्लबस्तरीय फुटबल प्रतियोगितामा नेपाली सेनाको भैरवप्रसाद गण र हेल्थ विनिफिटनेस सेमिफाइनलमा प्रवेश गरेको हो ।
आयोजक रोयल नेपालगन्ज फुटबल क्लब र न्यू डाँफे स्पोर्टस क्लब यसअघि सेमिफाइनलमा प्रवेश गरिसकेकाछन् । नेपाली सेनोको भैरवप्रसाद गणले साइनिङ स्टारलाई र हेल्थ विनिफिटनेसले नवदुर्गा युथ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।
बाइ पाएर एकैपटक क्वाटरफाइनलमा पगेको हेल्थ विनिफिटनेसले नवदुर्गा युथ क्लबलाई ३–१ गोलले पराजित गरेर सेमिफाइनलमा पुगेको हो । हेल्थ विनिफिटनेसले २६ मिनेटमा सनम घर्तिको गोलबाट अग्रता लिएको थियो । खेलको ४१ औं मिनेटमा सनमले नै दोस्रो गोल गरे ।
विनिफिटनेसका विशाल पाण्डेले ७० औं मिनेटमा एक गोल गरे । नवदुर्गाका निर्मल चन्दले ७२ मिनेटमा जवाफी एक गोल गरेका थिए । यो खेलमा विनिफिटनेसका सनम घर्ति म्यान अफ द म्याच भए । उनलाई नेपालगन्ज उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य श्यामसुन्दर अधिकारीले पुरस्कृत गरे ।
यस्तै मङ्गलबार नै भएको अर्को खेलमा नेपाली सेनाको भैरवप्रसाद गण राँझाले साइनिङ स्टार युथ क्लबलाई २–० गोलले पराजित गरेको छ । भैरवप्रसाद गणले २५ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । अनमोल कार्कीले ७० मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । यो खेलमा भैरवप्रसाद गणका भुपेन्द्र राना म्यान अफ द म्याच घोषित भए । उनलाई पत्रकार कृष्ण अधिकारीले पुरस्कृत गरेका थिए ।
असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई एक लाख एघा हजार एक सय एघार रुपैयाँ र द्वितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
आयोजकका अनुसार बुधबार २ वटा खेल हुनेछ । दिउँसो २ बजे पहिलो सेमिफाइनलमा भैरवप्रसाद गण र न्यू डाँफेबीच प्रतिस्प्रर्धा हुनेछ । भने दोस्रो खेल बेलुका ४ बजे हेल्थ विनिफिटनेस र आयोजक रोयल नेपालगन्ज फुटबलक्लब बीच हुनेछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’