आज नवरात्रिको दोस्रो दिन : ब्रह्मचारिणी देवीको आराधना गरि मनाइदैँ


आज नवरात्रिको दोस्रो दिन : ब्रह्मचारिणी देवीको आराधना गरि मनाइदैँ

नेपालगन्जस्थित त्रिभुवन चोकको पूर्वीलाईनमा स्थापना गरिएको दूर्गाको मूर्ति । तस्विर : रवि कनोजिया /सेतोखरी

नेपालगन्ज २२ असोज : हिजोदेखि शुरु भएको बडादशैँको आज दोस्रो दिन । आज ब्रह्माचारिणी देवीको पूजाआराधना गरि मनाइँदैछ ।

नवारत्रको दोस्रो दिन आज शुक्रबार ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइन्छ ।

देवी पुराणको ४५औँ अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । जसले गर्दा शरीरको रङ पनि गोरो रहेको विश्वास गरिन्छ । देवी ब्रह्माचारिणीलाई ‘दधाना करपद्यमाध्याम् अक्षमालाकमण्डलू । देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।’ मन्त्र जप गरी आराधना गर्ने प्रचलन रहेको छ ।

सेतो कपडा लगाइकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ । कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ । शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभकार्यमा गरिने कन्यापूजाका लागि दुई वर्षसम्मका बालिका योग्य रहेको मानिन्छ । यद्यपि, रजस्वला हुनुपूर्वका बालिका पनि कन्यापूजाका लागि योग्य भएको लोकोक्ति छ । नवरात्रभर पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना गरिएको थियो ।

यसबीच, बिहीबार दशैंको पहिलो दिन बाँकेका विभिन्न स्थानमा दुर्गामूर्ति स्थापना गरिएकोछ । दुर्गामूर्ति स्थापनाका लागि नेपालगन्जका विभिन्न स्थानमा ब्यवसायीकरुपमा समेत दुर्गामूर्ति निर्माण गरिएका छन् ।

यसअघि फ्याट्फुट्ट स्वदेशमै मूर्ती निर्माण गरिएपनि उक्त मूर्ति प्रयाप्त नभएपछि सीमावर्ती भारतको रुपैडिहा, बाबागञ्ज लगायतका क्षेत्रबाट महंगोमा दुर्गाका मूर्ती खरिद गरि ल्याइन्थ्यो । तर, पछिल्लो समय बाँकेको नेपालगन्जसंगै विभिन्न स्थानमा यहीका मूर्तिकारले मूर्ति बनाउन थालेपछि सहजता भएकोछ ।

घटस्थापनाको साँझ बागेश्वरी मन्दिरबाट प्रज्जवलित बत्ति लगेर दुर्गामूर्ति प्रतिस्थापन गर्ने चलन रहेको बाँकेका अवध सँस्कृतिका जानकार विष्णुलाल कुमाल बताउँछन् । खासगरी मधेशी समुदायले नवरात्रभरी व्रत बस्ने र दुर्गा भवानीको पूजापाठ गर्ने गर्छन् । घटस्थापनाको स्थापना गरिएका मूर्ति नरवारात्रसम्म वैदिक विधिपूर्वक पूजापाठ गरि दशैंको भोलिपल्ट नजिकैको पोखरी तथा नदीमा लगेर विर्सजन गर्ने गरिन्छ ।

कोरोना भाइरस संक्रमणका कारण गतवर्ष मूर्ती स्थापना गरिने कार्य प्रभावित भएपनि यसवर्ष कोरोना भाइरस संक्रमण दर कम भएसंगै चोकचोक र टोलटोलमा मुर्ती स्थापनाको संख्यामा बढोत्तरी भएकोछ ।