आधिकारिक वेभसाईट लञ्च
नेपालगन्ज २३ असोज : आगामी मंसीर ४ गते सातौं धारा नेपालगन्ज म्याराथन गरिने भएकोछ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिवार हुँदै आएको म्याराथनको तयारी बारे आयोजक क्रियटिभ ह्याण्ड्सले शनिकार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले सोही पत्रकार सम्मेलनमा नेपालगन्ज म्याराथन डट कम वेभसाइट पनि सार्वजनिक गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, शिखर प्लाईका निर्देशक प्रदीप दुगर, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र राना र नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले संयुक्त रुपमा वेभसाइटको शुभारम्भ गरे ।
आजदेखि खेलाडी दर्ता खुला गरिएको आयोजकले जनाएको छ । यसबर्षदेखि वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने आयोजक अध्यक्ष टीएस ठकुरीले जानकारी गराए । बिभिन्न दश वटा विधामा स्पर्धा गर्न सकिने उनले बताए ।
पुरुषतर्फ म्याराथन (४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन, १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ ।
नगद पुरस्कार राशीमा वृद्धि गरिने आयोजक अध्यक्ष ठकुरीले जानकारी गराए । ‘पुरस्कार राशीमा वृद्धि अवश्य हुनेछ, साथै हामी यसबर्ष अन्य केही सरप्राइज प्याकेज पनि घोषणा गर्दैछौं ।’ अध्यक्ष ठकुरीले भने–‘विद्युतीय प्रविधिको प्रयोग भरपुर सदुपयोग गरी म्याराथनको स्तरोन्नति गरेर अगाडि बढ्दैछौं, वेभसाइटमाथि लगानी पहिलो प्रयास हो ।’
म्याराथन विजेताका लागि बर्षभरि प्रशिक्षणको व्यवस्थापनमा आवश्यक लगानीका लागि प्रायोजकहरुसँग परामर्श गरिरहेको पनि उनले बताए । नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले नेपाल धारा नेपालगन्ज म्याराथनले बर्षेनी स्तरोन्नति गर्दै गएकोमा खुशी व्यक्त गरिन् ।
टाइटल स्पोन्सर केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले नेपालगन्ज म्याराथनको निरन्तरता र स्तरोन्नतिमा आफुहरु सदैव तत्पर रहेको बताए । धारा शुद्ध तोरीको तेल केएल दुगड ग्रुपको उत्पादन हो । राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतमले धारा नेपालगन्ज म्याराथनसँग पाँचौं संस्करणदेखि निरन्तर जोडिन पाएकोमा बैंक परिवारले गौरवको अनुभुति गरेको बताए ।
फोन पेका शाखा प्रबन्धक महेन्द्र रानाले हरेक सहभागीले फोन पे नेटवर्क प्रयोग गरी दर्ता शुल्क भुक्तानी गर्न सकिने भएकाले सबैलाई सहज हुने धारणा व्यक्त गरे ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी